arrow

बाढीले तटबन्ध बगाएपछि गलेश्वर र राहुघाट जोखिममा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २९ शनिबार
galeshwor dham.jpg
फाइल तस्बिर

म्याग्दी । म्याग्दीको रघुगङ्गा नदीमा आएको बाढीले रघुगङ्गा गाउँपालिका-३ राहुघाटमा सडक र बेनी नगरपालिका-९ गलेश्वरमा तटबन्ध बगाएको छ । बाढीले तटबन्ध र सडक कटान गरेपछि बेनी-जोमसोम सडक अवरुद्ध बनेको छ ।

रघुगङ्गा नदीले बेनी नगरपालिका-९ गलेश्वरतर्फ बाढी नियन्त्रणका लागि निर्माण गरेको तटबन्ध भत्काएको छ ।

गलेश्वरको बस्ती, पक्की पुल र राहुघाटको बस्ती बाढीको जोखिममा परेको राहुघाटका लक्ष्मण चालिसेले बताए । गलेश्वरतर्फका १० घर जोखिममा परेका छन् ।

राहुघाट र कालीगण्डकीको दोभानबाट ढुङ्गा, गिट्टी र बालुवा निकाल्न डोजरका लागि बनाइएको बाटोबाट बाढी पसेर सडक कटान गरेको हो । रघुगङ्गाको कटानका कारण राहुघाटस्थित गायत्री मन्दिर क्षेत्र जोखिममा परेको स्थानीय पदम छन्त्यालले बताए ।

बेनी-जोमसोम-कोरला सडकको म्याग्दीखण्ड राहुघाटसहित चार ठाउँमा पहिरोका कारण अवरुद्ध भएको छ ।

सडक अवरुद्ध हुँदा मुस्ताङ, अन्नपूर्ण गाउँपालिका र रघुगङ्गा गाउँपालिकाको यातायात सेवा प्रभावित बनेको छ ।

बेनी-जोमसोम सडक आयोजनाका सव ईञ्जिनियर सोहनजङ्ग कार्कीका अनुसार रघुगङ्गा गाउँपालिकाको राहुघाट, बैसरी, सिरुवारी र कालीओडारमा पहिरो तथा कटानका कारण सडक अवरुद्ध भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ