arrow

माछापुच्छ्रे बैंकमा प्रसिद्धको नायब प्रमुख कार्यकारी अधिकृत र सुभाषको नायब महाप्रबन्धकमा बढुवा  

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २९ शनिबार
machhapuchhre-aryal-jamarka.jpg

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले प्रसिद्धराज अर्याललाई नायब प्रमुख कार्यकारी अधिकृत र सुभाष जमरकट्टेललाई नायब महाप्रबन्धकमा बढुवा गरेको छ । 

बैंकको असार २७ गते बसेको संचालक समितिको बैंठकले साउन १ गतेदेखि लागू हुने गरी  अर्याललाई नायब प्रमुख कार्यकारी अधिकृत पदमा तथा जमरकट्टेललाई नायब महाप्रबन्धकमा पदमा बढुवा गर्ने निर्णय गरेको हो । 

काठमाडौँ विश्वविद्यालयबाट व्यपार प्रशासन संकायमा स्नातकोतर अर्यालसँग कर्जा,  ट्रेजरी तथा करेसपोन्डेन्ट बैंकिङ्ग, शाखा संचालन र लघुवित्त जस्ता विभिन्न बैंकिङ्ग क्षेत्रमा १६ वर्ष भन्दा बढीको अनुभव, ज्ञान र कौशल रहेको छ । 

अर्याल यसअघि सिभिल बैंक लिमिटेड, सनराइज बैंक लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडमा समेतमा रही विभिन्न पदमा कार्य अनुभवी रहेका छन् । 
 
यसैगरी सन् २०१० देखि आफ्नो बैंकिङ करियर शुरु गरेका जमरकट्टेल सन् २०११ देखि माछापुच्छ्रे बैंक लिमिटेड मा आवद्ध छन् । 

उनी लेखा र बैंकिङ क्षेत्रमा विशेषज्ञता भएको उच्च दक्ष र अनुभवी चार्टर्ड एकाउन्टेन्टको रुपमा चिनिन्छन् । उनले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्सी र नेपालको त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन तथा कानूनमा स्नातक तहको डिग्री प्राप्त गरेका छन् । 

यसबाहेक उनले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी), थाइल्याण्डबाट बैंकिङ र फाइनान्समा प्रोफेसनल मास्टर्स डिग्रीसमेत हासिल गरेका छन् । 

दुवै जना आफ्नो बैंकिङ् करियरको छोटो समयमा नै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रुपमा चिनिन्छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ