arrow

मन्त्रालयको भागबण्डा टुंगियो, प्रधानमन्त्री बाहेक कांग्रेस र एमालेलाई बराबर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३० आइतबार
deuba-oli-81-3-28w.jpg

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेले दुई दलबीच मन्त्रालयको भागबण्डा टुंगाएका छन् । स्रोतका अनुसार नेपाली कांग्रेसले गृह मन्त्रालय, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, स्वास्थ्य, पर्यटन तथा नागरिक उड्डयन, कानून, न्याय तथा संसदीय व्यवस्था, कृषि र वन मन्त्रालय पाउने भएको छ ।

त्यस्तै नेकपा एमालेले अर्थ मन्त्रालय, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने भएको छ । 

प्रधानमन्त्रीबाहेक एमालेलाई आठ मन्त्रालय र कांग्रेसलाई आठ मन्त्रालय दिइएको छ । संसदको बढी सिटे दल भए पनि कांग्रेस भने एमालेभन्दा पछि नै देखिएको छ । 

बाँकी पाँच मन्त्रालय अन्य साना दललाई राखिएको छ ।

कांग्रेस र एमालेबीच मन्त्रालयको भागबन्डा टुंगिए पनि कुन मन्त्रालयमा कसलाई पठाउने भन्ने बारे अझै निर्णय भएको छ । 

अहिलेसम्म कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली मन्त्री छान्न अन्तिम परामर्शमा रहेको र मन्त्री बन्नेको सूची सोमबार बिहान मात्र टुंगो लाग्ने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ