arrow

बाइस सदस्यीय केपी ओलीको मन्त्रिपरिषदमा कसको वरीयता कति ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३१ सोमबार
oli-cabinet-oath-81-3-31.jpg

काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् २२ सदस्यीय भएको छ । शपथ ग्रहणको पहिलो चरणमै सबै मन्त्रीहरुको शपथ भएको हो । 

संविधानअनुसार बढीमा २५ जना सम्मको मन्त्रिपरिषद् हुनेछ । तर पहिलो चरणमै मन्त्रालय पूर्ण गरेर २२ सदस्यीय मन्त्रिपरिषद् बनाइएको छ । 

सोअनुसार वरीयता पनि तोकिएको छ । प्रधानमन्त्री ओली पहिलो वरीयतामा रहँदा दुई उपप्रधानमन्त्रीमध्ये शहरी विकास मन्त्री प्रकाशमान सिंह दोस्रो तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल तेस्रो वरीयतामा रहेका छन् । 

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ चौथो तथा गृहमन्त्री रमेश लेखक पाँचौँ वरीयतामा रहेका छन् । 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी छैटौँ तथा परराष्ट्र मन्त्री डा. आरजू राणा देउवा सातौँ वरीयतामा रहेकी छिन् । 

खानेपानी मन्त्री प्रदीप यादवलाई आठौँ वरीयता दिइएको छ । त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई नवौँ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई दशौँ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीलाई ११ औँ तथा भौतिक पूर्वाधार तथा यातायात मनत्री देवेन्द्र दाहाललाई १२ औँ वरीयता दिइएको छ । 

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई १३ औँ तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई १४ औँ वरीयता दिइएको छ । 

कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियालाई १५ औँ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई १६ औँ तथा कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारीलाई १७ औँ वरीयता दिइएको छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलाई १८ औँ, रक्षा मन्त्री मानवीर राईलाई १९ औँ, उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कालाई २० औँ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई २१ औँ तथा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीलाई २२ औँ वरीयता दिइएको छ । 
 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ