arrow

पूर्व खेलाडी एवं राज्यमन्त्री तेजुलाल बने खेलकुद मन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३१ सोमबार
tejulal-chaudhary-sports-mi.jpg

काठमाडौँ । पूर्व खेलाडी तेजुलाल चौधरी (टीएल चौधरी) युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन् । नेपाली कांग्रेसका तर्फबाट उनी केपी शर्मा ओली नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री नियुक्त भएका हुन् । 

उनी भलिबल र एथलेटिक्समा वीरेन्द्रशिल्डका  विजेता हुन् । उनी २०३५ सालमै भलिबलका राष्ट्रिय खेलाडी बनेका थिए । साथै खेल संघमा पनि उनी रहे । २०६२ सालमा उनी जिल्ला एथलेटिक्स संघ ललितपुरको सदस्य भएका थिए । 

उनी राजनीति र शिक्षा क्षेत्रमा उत्तिकै अग्रसर भएका छन् । २०७४ सालमा उनी युवा तथा खेलकुद मन्त्रालयमा खेलकुद राज्य मन्त्री बनेका थिए । स्नातकोत्तर गरेका उनी नाइटिङ्गेल इन्टरनेशनल सेकेन्डरी स्कूलका संस्थापक हुन् । 

२०३७ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएर नेविसंघको राजनीति थालेका उनी २०५२ सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्य भए । २०६४ सालदेखि उनी कांग्रेसको महासमिति सदस्य रहेका छन् । 

२०७० सालमा संविधान सभाका सदस्यका रुपमा सप्तरी क्षेत्र नं. ५ बाट प्रत्यक्ष निर्वाचित उनी ०७४ साल भदौ ६ गते युवा तथा खेलकुद मन्त्रालयमा खेलकुद राज्य मन्त्री नियुक्त भएका थिए । 

२०७४ सालको प्रतिनिधि सभाको चुनावमा सप्तरी जिल्ला क्षेत्र नं. ४ बाट प्रत्यक्ष निर्वाचित उनी २०७९ सालको प्रतिनिधि सभाको चुनावमा सप्तरी जिल्ला क्षेत्र नं. ४ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ