arrow

तिंकरनाका खुलेसँगै व्यापारीको चहलपहल बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३ बिहिबार
tinker-road.jpg

दार्चुला ।  नेपाल–चीन सीमानाका  तिंकर आवागमनका निम्ति खुलेसँगै सिमाक्षेत्र वरपर व्यापारीको चहलपहल बढेको छ । 

बुधबार व्यास गाउँपालिका–१ छाङ्रुका १५ र तिंकरका १२ गरी २७ जना व्यापारी उक्त नाकाहुँदै चीनको स्वशासित क्षेत्रतर्फ प्रस्थान गरेका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए । 

चीन प्रवेशका लागि दार्चुलाका एक सय ८७ जनाले अनुमति लिएका छन् । कोरोनाकालदेखि बन्द रहेको तिंकरनाका हालै खुलेको हो । नाकामा अन्य स्थानीय व्यापारी र चिनियाँ नागरिकबीच स्थानीय उत्पादन तथा दैनिक उपभोग्य सामग्री खरिदबिक्री भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ