arrow

राजधानीमा गुडिरहेको बसबाट धुवाँको मुस्लो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३ बिहिबार
bus-fire-81-4-3.jpg

काठमाडौँ । नयाँ बानेश्वर चोकमा गुडिरहेको बसबाट धुवाँको मुस्लो निस्केको छ । भक्तपुरबाट काठमाडौँतर्फ आइरहेको प्रदेश ३ ०१  ००५ –ख ९५५४ नम्बरको सार्वजनिक यात्रु बस बानेश्वर चोकमा गुडिरहेको अवस्थामा बसबाट धुवाँको मुस्लो निस्केको हो ।

धुवाँ निस्केको देखेपछि यात्रुहरू सबै झारेर आगो निभाइएको प्रहरीले जनाएको छ । समयमै इन्जनमा आगो निभाएपछि सम्भावित ठूलो दुर्घटनाबाट जोगिएको र बस आगलागी हुनबाट पनि जोगिएको प्रहरीले जनाएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ