arrow

माछापुच्छ्रे बैङ्कले सञ्चालनमा ल्यायो नियोन क्रेडिट कार्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ४ शुक्रबार
machhapuchhre-bank-mbl-head-office.jpg
तस्बिर : फाइल

काठमाडौँ। डिजिटल बैङ्किङ क्षेत्रमा समय सापेक्ष नवीनतम प्रविधिमैत्री उपकरण सञ्चालनमा ल्याउन सदैव उत्साहित तथा क्रियाशील रहेको माछापुच्छ्रे बैङ्क लिमिटेडले हाल नेपाली बैङ्किङ उद्योगमा नै पहिलो पटक आफ्ना ग्राहकहरूलाई उत्कृष्ट तथा विशिष्ट सेवा प्रदान गर्ने लक्ष्यका साथ नेपाली रुपैयाँ र अमेरिकन डलरमा नियोन क्रेडिट कार्ड को सुविधा सगौरव सञ्चालनमा ल्याएको छ।

आधुनिक जीवनशैलीमा व्यस्त रहने ग्राहक तथा देश विदेश यात्रा गर्ने वर्गलाई लक्षित गरी सञ्चालनमा ल्याइएको ‘नियोन क्रेडिट कार्ड’ डिजाइन तथा आवरणमा चम्किलो तथा मनमोहक छ। जुन बजारमा उपलब्ध अन्य प्रकारका कार्डहरूभन्दा बिलकुलै भिन्न देखिन्छ। एइक् मर्चेन्ट सञ्जाल विस्तारमा उत्कृष्ट कार्यसम्पादन गरेको र भिसा क्रेडिट कार्ड उपयोग गर्न आफ्ना ग्राहकलाई प्रेरित गरी पुर्‍याएको उल्लेख्य योगदानको कदर स्वरूप भिसाद्वारा विशिष्ट अवार्डले सम्मानित भई नेपालको एक अग्रणी वाणिज्य बैङ्कको रूपमा स्थापित माछापुच्छ्रे बैङ्कले ‘ग्लो विथ कन्फिडेन्स’ ट्यागलाईन सहित बजारमा ल्याएको नियोन क्रेडिट कार्ड भिसाद्वारा सञ्चालित विश्वव्यापी स्वीकार्य विद्युतीय भुक्तानीको उत्कृष्ट माध्यम हो।

नियोन क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले नेपालभरका विभिन्न ३५० भन्दा बढी मर्चेन्टहरुमा विविध वस्तु तथा सेवाको उपभोग र किनमेल गर्दा विशेष छुट तथा क्यासब्याक अफरहरू प्राप्त गर्न सक्नेछन्, साथै रु.५ हजार वा सो बराबरको ट्याप एण्ड पे (क्यासलेस) कारोबार गर्न सक्नेछन्, जसले गर्दा ग्राहकहरूमा प्रिमियम तथा उत्कृष्ट सुविधाको अनुभूति जागृत हुने विश्वास बैङ्कले लिएको छ। नियोन क्रेडिट कार्ड प्रयोग मार्फत विशेष छुट तथा क्यासब्याक अफर प्राप्त गर्न सकिने मर्चेन्टहरू तथा छुट सम्बन्धी विवरणको बारेमा बैङ्कको वेभसाईट, सामाजिक सञ्जाल मार्फत ग्राहकलाई निरन्तर जानकारी गराइने छ।

नियोन क्रेडिट कार्ड को पहिलो संस्करण सीमित अवधिको लागि ल्याइएको माछापुच्छ्रे बैङ्कको नवीनतम योजना हो, जस अन्तर्गत सुपर मार्केट, होटेल, रेस्टुरेन्ट, तथा विविध फ्रेन्चाइज आउटलेट्स आदिमा विशेष छुट तथा अफर सुविधाहरू उपलब्ध गराउने बैङ्कको योजना रहेको छ।

डिजिटल बैङ्किङको दुनियाँमा माछापुच्छ्रेले बैङ्कको नियोन क्रेडिट कार्ड मार्फत ग्राहक वर्गलाई नौलो स्वाद को अनुभूति दिलाउने छ भने माछापुच्छ्रे बैङ्कका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले खुसी व्यक्त गर्दै बताउनु भएको छ की “हामी नियोन क्रेडिट कार्ड प्रस्तुत गर्न पाउँदा निकै उत्साहित छौँ, जसले हाम्रा ग्राहकहरूको नवीनतम आकाङ्क्षाहरू सम्बोधन हुने र सुरक्षित एवं आधुनिक प्रविधिमैत्री भुक्तानीका माध्यमबाट सदैव ग्राहकवर्गको आकाङ्क्षाको सम्बोधन गरिने हाम्रो प्रयासलाई झल्काउँछ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ