arrow

डुङ्गामा आगलागी हुँदा कम्तीमा ४० आप्रवासीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ५ शनिबार
fire-final.jpeg

पोर्ट–अउ–प्रिन्स । हाइटीको उत्तरी तटमा एक डुङ्गामा आगलागी हुँदा कम्तीमा ४० आप्रवासीको मृत्यु भएको र अरू धेरै घाइते भएका छन् । 

हाइटीको नेशनल अफिस फर माइग्रेसन (ओएनएम) ले ८० जनाभन्दा बढी मानिस बोकेको डुङ्गा बुधबार लाबाडी बन्दरगाहबाट एक सय ५० माइल (दुई सय ४० किलोमिटर) यात्रा गरी टर्क्स र काइकोस टापुहरूमा गएको जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) हाइटियन कोस्ट गार्डले ४१ जीवित व्यक्तिलाई उद्धार गरेको छ । 

तीमध्ये ११ जनालाई अस्पतालमा भर्ना गरिएको छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ