arrow

चिलाउने काट्दा भीरबाट लडेर भीमबहादुरको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ५ शनिबार
Myagdi_District.png
फाइल तस्बिर

म्याग्दी । म्याग्दीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दीको बेनी नगरपालिका १, उपल्लाचौरका ५५ वर्षीय भीमबहादुर थापाको रहेका छन् ।

बिहीबार बिहान सोही वडाको ठूलोरानी सामुदायिक वनको चिलाउने बोट भीरमा घाँस काट्ने क्रममा लडेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

बिहान ६ बजेको समयमा घरबाट घाँस काट्न निस्किएका भीमबहादुर दिउँसो अबेरसम्म पनि घर नफर्किएपछि परिवारका सदस्यसहित स्थानीयबासीले खोजी गर्दा भीरदेखि करिब दुई सय मिटर तल मृत अवस्थामा फेला परेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ