arrow

पोखरामा सवारी दुर्घटना हुँदा परियारको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ६ आइतबार
accident-final.jpg

पोखरा । पोखरामा आज बिहानै सवारी दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. ८ बस्ने २६ वर्षीय ईश्वर परियार छन् । उनी बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं. ८ का स्थायी वासिन्दा हुन् ।

दुर्घटनामा गम्भीर घाइते भएका परियारको उपचारका लागि गण्डकी मेडिकल कलेजमा पुर्याउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीका अनुसार आज बिहान ५ः४० बजे पोखराको हलनचोकमा ग३च ३४५७ नं. को हाईलक्स गाडी र परियार सवार ग११प ९१ नं को मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

प्रहरीले दुर्घटनामा परेको दुबै सवारीसाधन र हाईलक्स चालक जिल्ला पोखरा-१७ ड्यामसाईड बस्ने वर्ष ३० का सुशिल दहितलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ