arrow

एनआईसी एसिया बैङ्क २७ औँ वर्षमा प्रवेश

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ६ आइतबार
nic-asia-bank-27th-logo.jpeg

काठमाडौँ। एनआईसी एशिया बैङ्क २७ औँ वर्षमा प्रवेश गरेको छ।  २७ वर्षअघि आजकै दिन सम्पूर्ण सरोकारवालाहरूको पहिलो रोजाइको बैङ्क बन्ने दृढ सङ्कल्पका साथ सुरु भएको बैङ्कको यात्रा आज देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैङ्कको रूपमा स्थापित भएको छ। यस महत्त्वपूर्ण दिनलाई वार्षिकोत्सवको रूपमा मनाउने बैङ्कले विज्ञप्ति मार्फत जनाएको छ।

बैङ्क अगाडि लेख्छ, "यस यात्रामा हाम्रो पक्षमा निरन्तर साथ र भरोसा प्रदान गर्नु हुने ग्राहक वर्ग, नियामक निकायहरू, शेयर धनी महानुभावहरू, कर्मचारीहरू लगायत सबै सरोकारवालाहरूलाई हार्दिक नमन र धन्यवाद व्यक्त गर्न चाहन्छौँ। हाम्रो आजको स्थिति, जे जस्तो सफलता प्राप्त भएको छ, त्यसको सम्पूर्ण श्रेय यहाँहरूकै योगदानलाई जान्छ। आगामी दिनहरूमा अझ विश्व स्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री सेवा एवम् सुविधाहरू प्रदान गर्दै सबै सरोकारवालाहरूको पहिलो रोजाइको बैङ्क बन्ने हाम्रो अठोटलाई निरन्तरता दिनेछौँ।"

डिजिटल फस्ट बैङ्क बन्ने लक्ष्यका साथ अगाडि बढिरहेको एनआईसी एशिया बैङ्कले आफ्नो भौतिक उपस्थितिलाई समेत मजबुत बनाउँदै मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११८ विस्तारित काउन्टरहरू तथा ५१ शाखा रहित शाखाहरू मार्फत लाखौँ ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ।

देशको कुल जनसङ्ख्यामध्ये २० देखि ५० वर्ष उमेर समूहका करिब २५ प्रतिशत आर्थिक रूपमा सक्रिय जनतालाई सेवा दिन सफल भएको  बैङ्कले वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता दुर्गम जिल्लाहरूमा शाखा विस्तार गरी बैङ्किङ सेवा पुर्‍याएको जनाएको छ।

स्थापना कालदेखि हालसम्म हामीले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा कुल रु. २६ अर्ब ५९ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरी सकेको छ। गत आर्थिक वर्ष २०८०-८१ मा मात्रै रु. २ अर्ब ८९ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाउँदै देशको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका निभाएको छ। यस अवसरमा, आफ्नो प्रतिबद्धता पुनः दोहोर्‍याउँदै भविष्यमा अझ उत्कृष्ट सेवा प्रदान गर्ने वाचा समेत बैङ्कले गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ