arrow

सडक दुर्घटनामा दैनिक सातको मृत्यु, ८८ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ७ सोमबार
Accident-sign.jpg

काठमाडौँ।  नेपालमा प्रत्येक दिन औसत ९७ वटा सानाठूला सवारी दुर्घटना हुने गरेका छन् । ती दुर्घटनामा परी दैनिक औसत सात जनाले ज्यान गुमाउने तथा ८८ जना घाइते हुने गरेका छन् ।
 
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार गत वर्ष मात्रै ३५ हजार चार सय चार वटा सवारी दुर्घटना भएका छन् ।

 ती दुर्घटनामा परी दुई हजार तीन सय ६८ जनाको मृत्यु भएको छ भने छ हजार एक सय ६० गम्भीर र २५ हजार नौ सय ९६ जना साधारण घाइते भएका छन् । सवारी दुर्घटनामा एक सय एक चौपायासमेत मरेका छन् ।
 
सबैभन्दा बढी दुई पाङ्ग्रे सवारी बढी दुर्घटनामा पर्ने गरेको प्रहरीको तथ्याङ्क छ । गतवर्ष १९ हजार नौ सय ८४ मोटरसाइकल-स्कुटर, छ हजार आठ सय ३७ कार-जिप, दुई हजार एक सय ९३ बस, एक हजार पाँच सय २० साइकल-रिक्सा, एक हजार चार सय ६८ ट्रक-ट्याङ्कर, एक हजार चार सय ७४ टेम्पो-म्याजिक, सात सय ८३ ट्रयाक्टर र चार सय माइक्रोबस दुर्घटना भएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ