arrow

जुम्लाको पुँजीगत खर्च ७८ प्रतिशत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ८ मंगलबार
Jumla_District.png
फाइल तस्बिर

जुम्ला । सङ्घीय सरकारबाट प्राप्त जुम्लाको पुँजीगत खर्च ७८ दशमलव ९६ प्रतिशत भएको छ । 

सङ्घबाट पुँजीगततर्फ छ अर्ब ८२ करोड ५९ लाख विनियोजन भएको कोष तथा लेखा नियन्त्रण कार्यालय जुम्लाका प्रमुख हंसराज शाहीले जानकारी दिए । 

सङ्घीय सरकारले चालु खर्चका लागि रु पाँच अर्ब २२ करोड पाँच लाख विनियोजन गरेकोमध्ये ९२ दशमलव ७८ प्रतिशत खर्च भएको छ । 

विनियोजित कूल बजेटको जम्मा ८८ दशमलव ७२ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय जुम्लाका प्रमुख शाहीको भनाइ छ । 

असार भित्रमात्र जिल्लाको पुँजीगत खर्च ४१ दशमलव ४१ प्रतिशत भएको छ । 

असारमा चालु खर्च १३ दशमलव १३ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय जुम्लाले जनाएको छ ।

जिल्लाका  सरकारी कार्यालयले बजेट कार्यान्वयनमा सुधार गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ