arrow

के होला ओलीको सपना ?

कोषराजको कोष जम्मा गर्ने अभियानमा मानव तस्करी, दैनिक सयौँ खाडीमा 

संसदमा उठेन यो विषय, संसदबाटै केपी ओलीको उद्घोष–भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ८ मंगलबार
tribhuvan-international-airport-2079-08-04.jpg

काठमाडौँ । माओवादी केन्द्र नेतृत्वको गठबन्धन सरकारको प्रमुख हिस्सेदार दल एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा तत्कालीन गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अध्यागमन विभागमा महानिर्देशक बनाएर पठाएका कोषहरी निरौलाको कोष जम्मा गर्ने धन्धा दिनानुदिन फस्टाउँदो छ । 

उनको कोष जम्मा गर्ने अभियानका क्रममा नेपाली महिलाहरु बढी नै प्रयोग हुने गरेको पाइएको छ । खाडी मुलुकसँगै दुबईमा दैनिक सयौँ महिलाको तस्करी हुने गरेको पाइएको हो । 

पहिले रेट कम भए पनि विभिन्न बहानामाम अहिले रेट बढाएर निरौलाले दैनिक दुई करोड भन्दा बढी रुपैयाँ उठ्ने गरी सेटिङ मिलाएको अध्यागमनको उच्च स्रोत बताउँछ । 

केपी ओली नै प्रधानमन्त्री भएर आएपछि उनी मलाई कसले रोक्ने भन्दै फूर्ति लगाएर हिँड्ने गरेको एक कर्मचारीले बताए । उनको फूर्ति मात्रै हैन अध्यागमनबाट उनले सेटिङमा उठाउने धन्दा पनि बढेको छ । 

कोषराजकै संयोजनमा भिजिट भिसाका नाममा मध्यपूर्वका खाडी देशहरुमा जाने नेपालीहरुबाट मात्रै दैनिक करौडौँ रकम उठाइने गरेको जानकारहरु बताउँछन् ।

संसदमा किन उठ्दैन यति गम्भीर विषय ? 
 
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा भाषण गर्दै आफूले पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने बताइरहेका छन् । आइतबार र सोमबारको संसद बैठकमा पटक पटक उनले यो भनाइ दोहोर्याएका छन् । 

तर उनको नाममा भइरहेको भ्रष्टाटारलाई रोक्न उनले सक्ने कि नसक्ने भन्ने प्रश्न अहम् छ । फेरि उनकै नाम लिएर निरौला अध्यागमनमा पुगेका हुन् । तत्कालीन गृहमन्त्री रवि लामिछानेले पनि ओलीकै मान्छे भनेर अध्यागमनमै पठाएका हुन् । 

अब यसको निराकरण ओलीले कसरी गर्छन् भन्ने प्रश्न पनि अहम् बनेको छ । रविले पठाएका व्यक्तिलाई अहिलेका गृहमन्त्री रमेश लेखकले के गर्छन् त ? योसमेत गम्भीर विषय बनेको छ । ओलीसँगै जोडिएका व्यक्ति भएकैले अनुसन्धानका लागि गम्भीर भएर समिति खडा गर्छन् वा भ्रष्टाचारीलाई देख्दिन भनेर बेवास्ता गर्लान् ? 

अर्कातिर लेखक एमाले हैनन् । उनलाई चित्त नबुझेको विषयमा प्रतिकार गरेर हटाइदिन सक्छन् । फेरि कोषराजको यो धन्धा सर्वत्र चर्चामा आइरहँदासमेत संसद मुकदर्शक हुन मिल्दैन । अनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि चुप बस्न मिल्दैन । 

कसरी भइरहेको छ तस्करी ?
मध्यपूर्वका देशमा भिजिट भिसामा अनधिकृत रुपमा पठाउने गिरोह अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सक्रिय रहेको पाइएको छ । महानिर्देशक निरौलाले संरक्षण गरेको गिरोह नेपालीलाई भिजिट भिसामा मध्यपूर्व पठाएर पैसा कुम्ल्याउन व्यस्त रहेको उच्च स्रोत बताउँछ । निरौलाले संरक्षण गरेको यो गिरोहलाई विमानस्थलमा प्रमुख अध्यागमन अधिकृत शुरेश पन्थीले सहयोग गर्दै आएकोसमेत स्रोत बताउँछ  ।  

महानिर्देशक निरौला र पन्थीले विभाग र अध्यागमन कार्यालयलाई एक किसिमले मानव तस्करी अड्डाका रुपमा प्रयोग गर्दै आएकाप्रति अन्य निकायहरु बेखबर जस्तै रहेका छन् । 

२०८० चैतबाट विभागीय नेतृत्व गर्न पुगेका निरौलाले संरक्षण गरेपछि अध्यागमन कार्यालयको काम कम्पनीले दिएको नामावली अनुसार भिजिट भिसामा जानेहरुलाई सहजीकरण गर्ने दलाली कार्यालयमा परिणत हुन पुगेको छ ।

यसका लागि निरौलाले करिब दर्जन अधिकृत र नायव सुब्वाहरुलाई मध्यपूर्व पठाउने विभिन्न कम्पनीका एजेन्टहरुसँग समन्वय गर्न खटाएका छन् । सरकारी कार्यालयमै बसी उनीहरु सरकारको जिम्मेवारी पूरा गर्ने भन्दा पनि कम्पनीको एजेण्ट बनेर उनीहरुको स्वार्थ पूरा गर्न लागिरहेका छन् । 

निरौलाले खटाएका कर्मचारीहरुको काम कम्पनीले भिजिट भिसामा खटाएका व्यक्तिहरुको जानकारी लिने र तिनलाई अध्यागमन पार गर्न सहयोग गर्ने तथा रकम बुझ्ने हुने गरेको छ। यसरी प्राप्त रकम विमानस्थलका कर्मचारी, गृह मन्त्रालयका कर्मचारी र विभागमा कर्मचारीमा दैनिक बाँडफाँट हुने गरेको स्रोत बताउँछ । 

यसमा विभिन्न चरण छन् । यसका चरणबारे एक जानिफकार भन्छन् – पहिले दलाल सक्रिय हुन्छ । ऊ ट्राभल एजेन्सीसँग मिल्छ । दुवै मिलेर प्रहरीलाई मिलाउँछन् । प्रहरीको भरथेगमा दलाल र ट्राभल एजेन्ट एयरलाइन्स अधिकारीलाई मिलाउँछन् । 

यसअघिका सबै सेटिङ ठीक भएपछि अध्यागमनको नेक्ससबाट यो चल्ने गर्दछ । यसमा सबैभन्दा ठूलो भूमिका अध्यागमन प्रमुखको हुन्छ । यस हिसाबले कोषराज यसका प्रमुख नाइके हुन् । 

भिजिट भिसामा जाने एक व्यक्तिको रेट अहिले पुरुषका हकमा २० हजार र महिलाको हकमा ४० हजार रहेको स्रोतको दाबी छ । भिजिट भिसाका नाममा दैनिक सयौँ व्यक्ति अवैध रुपमा विदेश गइरहेको तथ्य सार्वजनिक भएपछि तत्कालीन गृहमन्त्री लामिछाने, गृहसचिव एकनारायण अर्याल, महानिर्देशक निरौला र प्रमुख अध्यागमन अधिकृत पन्थीले संयुक्त अनुगमन गरेका थिए । 

यो अनुगमनपछि मानव तस्करी भएको भन्दै अध्यागमनले करिब ५ सय नेपालीलाई भिजिट भिसामा जानबाट रोकेको थियो । उनीहरुलाई एयरपोर्टबाटै फर्काइएको थियो । 

त्यसबेलासम्म भिजिट भिसामा जानेहरुबाट निरौलाको सेटिङको गिरोहले पुरुषबाट १० हजार र महिलाबाट २० हजार लिँदै आएको थियो । तर मन्त्री लामिछाने समेतको निगरानी भएपछि मन्त्री र सचिवलाई समेत बुझाउनु पर्ने भन्दै निरौलाले भिजिट भिसामा जानेहरुको रेट एकाएक बढाए ।

अहिले दैनिक ५ सय भन्दा बढी भिजिट भिसामै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै देश छोडिरहेका छन् । त्यसमध्ये आधाभन्दा बढीको हाराहारीमा महिला हुने गरेको अध्यागमन स्रोत बताउँछ । 

सोझो हिसाब गर्दा पनि अहिले भिजिट भिसामा पठाउने कम्पनीहरुबाट दैनिक करिब २ करोड उठाइँदै आएको छ । संगठित रुपमा भइरहेको मानवतस्करीलाई खुल्ला रुपमा संरक्षण गरेर अनधिकृत रुपमा करौडौँ कुम्ल्याउने निरौलाको धन्दामा मन्त्रालय पनि बेखबर झैँ छ । 

यो धन्धाका कारण नेपाली महिला भने पीडित हुने गरेका छन् । दलालको सेटिङले महिलाहरुलाई बढी कमाउने लोभले विदेश धकेल्छ । उनीहरुको बाध्यतालाई दलालले राम्रोसँग खेल्ने अवसर पाउँछ । 

जसका कारण उनीहरु विदेश गएपछि चरम शोषणसमेत हुने गरेको छ । यस विषयमा मानव बेचबिखन तथा अनुसन्धान ब्युरो सक्रिय भएर लागेको छ । तर उसले पीडित भएपछिमात्र बढी जानकारी पाएको हुन्छ । त्यसअघिको सेटिङका कारण उसलाई केही पत्तो हुन्न । 

ब्युरोका प्रवक्ता गौतम मिश्रले मिडियामा बताएअनुसार भिजिट भिसा प्रयोग गरी नेपाली महिला दुबईमा लगिन्छ । उनीहरूको खरिदका लागि खाडीका विभिन्न मुलुकबाट अर्का एजेन्ट आउँछन् र मोलतोल गरेर लैजान्छन् । जसका कारण नेपाली महिला नर्कतुल्य जीवन बिताउन बाध्य पारिन्छन् । यसरी नर्कतुल्य जीवन बनाउनमा माथिका पाँच ओटा च्यानल सक्रिय छन् । 

यसकै लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलै मिलमतोले काम गरेको हुन्छ । एकअर्काबीच तालमेल नहुने हो भने कोही पनि यसरी बेचिनु पर्दैन । तर सबैलाई अकुत सम्पत्ति चाहिएको छ । नेपालमात्र होइन भारतको विमानस्थलसमेत प्रयोग भइरहेको बुझिन्छ । 

यस्तो गम्भीर अपराध भइरहँदा गृहमन्त्री रमेश लेखकमाथिसमेत दबाब बढेको छ । पुरानै च्यानलले निरन्तरता पायो भने त्यसमा शंका गर्ने ठाउँ प्रशस्तै हुनेछ । 

रविले अध्यागमनमा पठाएका कोषहरीको सेटिङ बढ्दो क्रममा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ