arrow

स्थानीय तहका बेरुजुबारे गलत हल्ला भयो - सल्लाहकार पोखरेल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ९ बुधबार
lekhnath-pokharel.jpg

काठमाडौँ । गाउँपालिका राष्ट्रिय महासंघका सल्लाहकार लेखनाथ पोखरेलले स्थानीय तहमा देखिएको बेरुजुका बारेमा गलत प्रचार भएको जिकिर गरेका छन् ।  

स्थानीय तहमा देखिएको सामान्य प्रक्रियागत बेरुजुलाई पनि उठाउनै नसकिने बेरुजुकै रुपमा हल्ला गरिएको उनले टिप्पणी गरे । उनले बेरुजुका बारेमा पुनर्परिभाषा हुनु पर्ने धारणा राखे ।
  
उनले सबै सहकारीलाई स्थानीय तह मातहतमा ल्याउनु पर्ने खाँचो पनि औँल्याए । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले आफूहरुसँग गरेको छलफलका क्रममा सबै सहकारीलाई स्थानीय सरकार मातहत ल्याउन सुझाव दिएको पनि सल्लाहकार पोखरेलले बताए ।

सरकारीका बारेमा फरक फरक सरकारलाई अधिकार दिँदा अन्योल भएको उल्लेख गर्दै उनले सहकारी सम्बन्धी सबै अधिकार स्थानीय तहलाई दिएमा सहकारी सम्बन्धी विकृतिहरु पनि न्यून हुने दाबी गरे । 
 
उनले विपद्को पूर्व तयारीका लागि स्थानीय सरकारले अपेक्षित संवेदनशीलता र प्राथमिकता नदेखाएको स्वीकार गर्दै कतिपय राम्रा अभ्यासहरु पनि स्थानीय सरकारले गरिरहेको बताए । 

उनले आफूहरुले स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई भेटेर औषधि खरिद सम्बन्धी दोहोरो व्यवस्था हटाउनु पर्ने सुझाव दिएको पनि जानकारी दिए । 

सल्लाहकार पोखरेलले निःशुल्क पाउने औषधि सबै स्थानीय अस्पतालमा पाइने व्यवस्थाका लागि मन्त्री पौडेलले चासो राखेको जानकारी दिए । उनका अनुसार स्वास्थ्य मन्त्री पौडेलले स्वास्थ्य स्वयंसेविकाहरुका बारे पनि चिन्ता र चासो व्यक्त गरेका छन् । 
 
मेरो स्वास्थ्यका लागि मेरो स्थानीय सरकार नै सक्षम छन् भन्ने सन्देश दिन सकिने गरी संघीय सरकारले स्थानीय सरकारलाई श्रोत साधन र अधिकार सम्पन्न गराउनुपर्नेमा पदाधिकारीहरुले जोड दिएका थिए ।
 
स्थानीय सरकारका प्रतिनिधिहरुलाई स्वास्थ्यमन्त्रीले पहिलो पटक बोलाएर छलफल गरेको भन्दै सल्लाहकार पोखरेलले स्वास्थ्यमन्त्री पौडेलको प्रशंसा पनि गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ