arrow

सांसद शर्माको केएमसीको टोली पशुपतिनाथमा, यो महिनाभर कोटिहोममा निःशुल्क उपचार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ९ बुधबार
kmc-pashupati-81-4-9.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले पशुपतिको कोटिहोममा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । 

यो शिविर बुधबारदेखि लगातार यो महिनाभर सात जना विशेषज्ञ चिकित्सकको टिमले निःशुल्क उपचार गर्ने केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । 

चिकित्सकको टोलीले औषधिसमेत निःशुल्क उपलब्ध गराउने छ ।  कोटिहोम एक महिना चल्नेछ ।

डा. शर्माले सम्हालेपछि केएमसीले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ