arrow

रास्वपा उपसभामुखको बचाउ गर्ने नाममा भ्रम फैलाउँदै, लेखिएको पत्र कार्यान्वयनमा नगएको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १० बिहिबार
rsp-office-rastriya-swatant.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीकी सदस्यसमेत नरहेकी उपसभामुख ईन्दिरा रानामगरले अमेरिकी दूतावासलाई भिसाका लागि अन्तर्वार्ताको मिति सार्न गरेको सिफारिसको पत्रको बारेमा थप बचाउ गरेको छ ।

बिहीबार रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले उपसभामुखले लेखेको भनिएको पत्र अमेरिकी दूतावासमा दर्ता नै नभएको दाबी गर्दै सो पत्र कार्यान्वयनमा नै नगएको दाबी गरेका छन् ।

झाले पैसाको कारोबार नै नभएको बताउदै भने, ‘यो पत्र १८ महिना अगाडि लेखिएको रहेछ, हामीले आफ्नो स्रोतबाट बुझ्दा अमेरिकी दूतावासमा रजिस्टर पनि नभएको र त्यसैले गर्दा त्यसमा सिफारिस गरिए अनुसार कसैको काम नभएको पाइएको छ ।’

यो भनाइले भने रास्वपाले उपसभामुखले पत्र लेखेको स्वीकारेको छ तर कार्यान्वयनमा नगएको भनेको छ । उपसभामुखले पत्र लेख्दैमा प्रक्रिया नपुगी अमेरिकी दूतावासले भिसा दिँदैन भन्ने हेक्का रास्वपाले राख्न सकेन । 

उसले उपसभामुखले गलतै गरेको भए पनि पत्रको कार्यान्वयन नभएको भाष्य आफैँले निर्माण गरेर उपसभामुखलाई अप्ठेरोमा पारेको छ । 

प्रवक्ता झाले संसद सचिवालय र राज्य व्यवस्था समितिमा परेको उजुरीमा के हुन्छ त्यसमा आफूहरु सचेत भएर बसेको बताए ।

उपसभामुख रानामगरले आफू बाहेक पाँच जना अमेरिकामा एक कार्यक्रममा जान अन्तर्वार्ताको समय तुरुन्त मिलाई दिने गरेको सिफारिसको पत्र सार्वजनिक भएपछि विवादमा परेकी हुन् । 

उनले पदीय मर्यादा बिर्सेर त्यस्तो पत्र लेखेको भन्दै संसदमा कांग्रेस र एमालेले तत्काल पदबाट राजीनामा दिन माग गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ