arrow

मन्त्रिपरिषद् बैठकका निर्णय

सरकारले नियुक्त गर्‍यो मुख्यसचिव र योजना आयोगको उपाध्यक्ष [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १० बिहिबार
prithivi-subba-04-10.jpg

काठमाडौँ । सरकारले मुख्यसचिवमा लिलादेवी गड्तौलालाई नियुक्त गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले सरकारको कायममुकायम मुख्यसचिव लिलादेवी गड्तौलालाई मुख्यसचिव बनाउने निर्णय गरेको हो । 

त्यस्तै मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र सदस्यहरू पनि नियुक्त गरेको छ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. शिवराज अधिकारीलाई नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए । 

त्यसै गरी राष्ट्रिय योजना आयोगका सदस्यहरुमा डा. आरती बिछार, डा. रमेश प्रसाद सिंह, डा. प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा. जयबहादुर टण्डन र गंगादत्त अवस्थीलाई नियुक्त गरिएको उनले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ