arrow

केएमसी भन्छ – उपचाररत क्याप्टेन शाक्यको स्वास्थ्य सुधारोन्मुख छ 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ११ शुक्रबार
pilot-manish-ratna-shakya-saurya-airlines.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । दुर्घटनामा घाइते भएका सौर्य एयरलाइन्सका क्याप्टेन मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको काठमाडौँ मेडिकल कलेज केएमसीले जनाएको छ ।

अस्पतालकी निर्देशक प्राडा मीना थापाले शुक्रबार दिउँसो विज्ञप्ति जारी गर्दै उपचाररत शाक्यको स्वास्थ्य सुधारोन्मुख रहेको जनाएकी हुन् । 

बुधबार बिहान सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा दुर्घटनाग्रस्त हुँदा सोही विमानका चालक शाक्यलाई घाइते अवस्थामा उद्धार गरिएको थियो ।

विमानमा सवार १८ जनाको मृत्यु भएको छ । शाक्यलाई उद्धार गरी केएमसीको सघन उपचार कक्षमा उपचार थालिएको थियो । 

उनको अनुहार, आँखा, नाक तथा टाउकोमा चोट लागेको छ, ढाडको एउटा हड्डी साथै देव्रेपट्टीका तीन वटा करङ्ग भाँच्चिएका छन्”, विज्ञप्तिमा भनिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ