arrow

सांसद शर्माको केएमसीको टोली शान्ति सेवागृहमा, ९३१ बिरामीको निःशुल्क उपचार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ११ शुक्रबार
kmc-81-4-11y.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले तिलगंगास्थित शान्ति सेवा गृहमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । 

शान्ति सेवा गृहको आयोजनामा भएको शिविरमा ९३१ बिरामीको उपचार गरिएको केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । 

बिरामीमध्ये १०३ जनाको अल्ट्रासाउन्ड, ८६ जनाको ईसीजी, १०९ जनाको ल्याब परीक्षण गरिएको थियो भने २७ जनाको दाँत निकालिएको थियो । त्यस्तै ३३ जनालाई शल्यक्रियाका लागि केएमसीमा रेफर गरिएको छ । 

डा. शर्माले सम्हालेपछि केएमसीले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ