arrow

रेवान पोखरामा विश्वराज

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १२ शनिबार
rewan-pokhara.jpg

पोखरा । रेष्टरेण्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराको अध्यक्षमा विश्वराज पौडेल निर्वाचित भएका छन् ।

संस्थाको ३०औँ वार्षिक साधारणसभा तथा १६ औँ अधिवेशनले पौडेललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

संस्थाको प्रथम उपाध्यक्षमा वसन्त गौतम, द्वितीय उपाध्यक्षमा विकास भट्टराई, महासचिवमा वीरेन्द्र शेरचन, सचिवमा भीष्मराज पौडेल, कोषाध्यक्षमा रोशनजंग कार्की र सहकोषाध्यक्षमा वैभव पौडेल छन् ।

कार्यसमिति सदस्यमा योगेश भट्टराई, लोकबहादुर गुरुङ, विष्णु बानिया, सफल थापा, लोकेश ढकाल, सुरेश न्यौपाने, कृष्ण अधिकारी र सुनिल भट्टराई छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ