arrow

जीप दुर्घटनामा चार जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १३ आइतबार
accident-final.jpg

पोखरा । स्याङ्जामा आज बिहान जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

घाइते हुनेमा स्याङ्जा भिरकोट नगरपालिका वडा नं. ४ का २८ वर्षीय धनबहादुर राना, ५१ वर्षीय ईन्द्रबहादुर थापा, जीप चालक ३६ वर्षीय चित्रबहादुर राना र ७२ वर्षीया शोभा थापा छन् ।

घाइतेमध्ये जीप चालक ३६ वर्षीय चित्रबहादुर राना र ७२ वर्षीया शोभालाई थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा ल्याइएको छ ।

साथै धनबहादुर र इन्द्रबहादुरको उपचार पश्चात् घर फर्किएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिए ।

आज बिहान ११ बजे भिरकोट नगरपालिका वडा नं. ४ दर्बुङठाटीस्थित भित्री सडक खण्डमा दर्बुङठाटीबाट वालिङतर्फ जाँदै गरेको ध१ज २६ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकबाट अन्दाजी १० मिटर तल खसेर दुर्घटना भएको डीएसपी रानाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ