arrow

स्कुल बस दुर्घटनामा आरतीको मृत्यु, चालकसहित २८ विद्यार्थी घाइते

logo
हरि पन्त
प्रकाशित २०८१ साउन १४ सोमबार
lp devkota school bus.jpg

पोखरा । पोखरामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १ महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा आरती विक रहेको प्रहरीले जनाएको छ ।

आज बिहान ८ः३० बजे ग१क ६२१९ नम्बरको बस पोखरा-२१ रामदीबाट बिरौटास्थित विद्यालयमा फर्कने क्रममा फुर्सेखोला नजिकै माथिल्लो सडकबाट पल्टिएर तल्लो सडकमा बजारिएको हो ।

दुर्घटनामा २७ जना विद्यार्थी र चालक घाइते भएका छन् । घाइते हुने चालकमा पोखरा-१७ का ५८ वर्षीय टेकबहादुर भुजेल रहेका छन् ।

घाइते विद्यार्थीमा पोखरा-२१ की ८ वर्षीया अनन्या पौडेल, ३ वर्षीया सिम्रन मगर, ३ वर्षीया न्यूजन मगर, ७ वर्षीय रिजन मगर, १२ वर्षीय रामकृष्ण नेपाली, २ वर्षी अंकित खत्री, १४ वर्षीया सीतादेवी विक, ७ वर्षीया अमिना सुनार, ११ वर्षीय निश्चल विक, २० वर्षीय निर्दोष विक छन् । उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी पोखरा-२१ कै ४ वर्षीय प्रिन्स बिक, ९ वर्षीय दिवस कार्की, ९ वर्षीय अनमील विक, ५ वर्षीय रोशनराज बराल, पोखरा-१७ का १३ वर्षीया चिना गुरुङ, ६ वर्षीय युजन गुरुङ, पोखरा-२१ का ९ वर्षीय प्रवेश कामी, १४ वर्षकी प्रकृति कामी, पोखरा-१७ की सिजा विक, पोखरा-२१ की १२ वर्षीया सिम्रन विक, ११ वर्षीय विश्वास पौडेल, १२ वर्षकी विशिका पौडेल, १६ वर्षीय प्रिन्स राना, ११ वर्षीय विवश खत्री र ३२ वर्षीय सपना आले छन् ।

उनीहरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ