arrow
ADVERTISEMENT

क्यालिफोर्नियामा इतिहासकै सातौँ ठूलो आगलागी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १४ सोमबार
fire-final.jpeg

काठमाडौँ । उत्तरी क्यालिफोर्नियाको आगलागी पश्चिमी अमेरिकी राज्यमा अहिलेसम्मकै ठूलोमध्ये एक भएको अधिकारीहरूले शनिबार बताएका छन् । 

‘क्यालिफोर्निया पार्क फायर’ शनिबार साँझसम्म तीन लाख ५० हजार हेक्टरभन्दा बढी भागमा फैलिएपछि यो क्यालिफोर्नियाको इतिहासमा रेकर्ड गरिएको सातौँ ठूलो आगलागी भएको राज्य एजेन्सी क्याल फायरले जनाएको छ । 

राज्यको राजधानी स्याक्रामेन्टोबाट करिब १४५ किलोमिटर उत्तरमा रहेको सिको सहर नजिकैको ठूलो ग्रामीण पहाडी क्षेत्रमा भएको आगलागीबाट ४ हजारभन्दा बढी मानिसहरू आफ्नो घर छाड्न बाध्य भएका छन् । 

“फैलिदै गएको आगोले अग्नि नियन्त्रकलाई चुनौती दिइरहेको छ”, क्याल फायरले एक्सको एक पोस्टमा जानकारी गराएको छ । 

एजेन्सीका अनुसार एक दर्जनभन्दा बढी हेलिकप्टर र विमानका साथै तीन हजार ७०० भन्दा बढी कर्मचारीहरूको प्रयासका बावजुद पनि आगो १० प्रतिशत मात्र निभाउन सकिएको थियो । 

कम तापक्रम र उच्च आद्रताले आगलागीको गति कम भएतापनि अझै फैलिरहेको एजेन्सीले जनाएको छ । 

क्याल फायरको पछिल्लो अपडेटमा आगलागीका कारण २० वटा संरचनाहरू नष्ट भएको पुष्टि गरेको छ । 

जलिरहेको कारलाई सुक्खा झाडीमा धकेलेर आगो लगाएको शङ्कामा ४२ वर्षीया व्यक्तिलाई बिहीबार प्रहरीले हिरासतमा लिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ