arrow

सिँचाइका आयोजना किसानलाई सहज हुने गरी अगाडि बढाउनुपर्नेमा मन्त्री खड्काको जोड

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १४ सोमबार
dipak-khadka-urja-mantralay.jpg

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले किसानलाई सहज हुने गरी सिँचाइका आयोजनालाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । 

नवीनतम यान्त्रिक सिँचाइ आयोजनासँग आज मन्त्रालयमा भएको छलफलमा मन्त्री खड्काले नयाँ आयोजना निर्माण गर्दा किसानलाई कसरी सहुलियत प्रदान गर्न सकिन्छ त्यसबारे सोच्नुपर्ने बताए । 

“छिमेकी मुलुकले कसरी किसानलाई सिँचाइमा सहुलियत प्रदान गरेका छन्, त्यसलाई अध्ययन गरेर नयाँ आयोजनालाई अगाडि बढाउनुपर्छ”, उनले भने । मन्त्री खड्काले आयोजना अगाडि बढाउन आवश्यक पर्ने लागतका बारेमा अर्थ मन्त्रालयसँग छलफल गर्ने प्रतिबद्धता जनाए । 

शुरुमा सर्लाही र रौतहट जिल्लाको १६ स्थानीय तहका २२ हजार चार सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले आयोजनालाई अगाडि बढाइएको आयोजनाका प्रमुख अजयराज अधिकारीले जानकारी दिए ।

‘डिप ट्युबेल’ र ‘प्रिपेड कार्ड’मार्फत किसानको खेतमा सिँचाइ सुविधा लैजाने उद्देश्यले आयोजनालाई अगाडि बढाइएको जनाउँदै उक्त आयोजना चार वर्षभित्र सम्पन्न गरिसक्ने लक्ष्य राखिएको उनले बताए । 

आयोजना सम्पन्न भएमा किसानले सिँचाइका लागि एक हजार लिटर पानी रु तीनमा उपभोग गर्न पाउनेछन् । आयोजनाका लागि ७८ प्रतिशत एसियाली विकास बैँक र २२ प्रतिशत नेपाल सरकारले लगानी रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ