arrow

सांसद शर्माको केएमसीको टोली कपन स्कूलमा, ६३० बिरामीको निःशुल्क उपचार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १४ सोमबार
kmc-814-14.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काठमाडौँको कपनमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । 

जोशेफ हाइस्कूलको आयोजनामा विद्यालय परिसरमा भएको शिविरमा ६३० बिरामीको उपचार गरिएको केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । 

बिरामीमध्ये १०७ जनाको भिडियो एक्सरे, ६३ जनाको ईसीजी, ८७ जनाको ल्याब परीक्षण गरिएको थियो भने १५ जनाको दाँत निकालिएको थियो । 

त्यस्तै २१ जनालाई थप परीक्षणका लागि केएमसीमा रेफर गरिएको छ । 

डा. शर्माले सम्हालेपछि केएमसीले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ