arrow

धार्मिक अभियन्ता खतिवडा तीन दिन थुनामा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १५ मंगलबार
pushkar-khatiwada-religious.jpg

काठमाडौं । आफूलाई धार्मिक अभियन्ता र ज्योतिषी बताउने पुष्कर खतिवडालाई अदालतले तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

नेताहरूको मृत्युको कामनासहित अनुष्ठान गरेको र सो कुरा सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरेको आरोपमा खतिवडा सोमबार पक्राउ परेका थिए । झापा स्थायी घर भएका खतिवडाले आफ्नै घरमा यज्ञको आयोजना गरेका थिए ।

काठमाडौँ जिल्ला अदालतले विद्युतीय कारोबार कसूरमा खतिवडालाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । योसँगै उनका बारेमा अनुसन्धान हुनेछ । 

उनलाई काठमाडौँ प्रहरी परिसरबाट आएको प्रहरी टोलीले सोमबार बिहान नियन्त्रणमा लिएको थियो । उनले बिहान आफूलाई प्रहरीले पक्राउ गरेको सामाजिक सञ्जालबाटै जानकारी दिएका थिए । 

उनले लेखेका थिए, ‘मलाई भर्खरै प्रहरी वृत्त महाराजगञ्ज लगिएको छ। कामना गरौँ देश बनोस् ।’

प्रहरीले यो अनुष्ठानको प्रयोजन आपत्तिजनक भएकाले प्रहरीले पक्राउ गरेको जनाएको छ । 

उनले नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नु पर्ने बताउँदै आएका छन् । उनले सामाजिक सञ्जालमै नेताहरुको चर्को आलोचना गर्ने गर्छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ