- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । पेरिस ओलम्पिकमा भारतले दोस्रो कास्य पदक जितेको छ । भारतका मनु भाकर र सरबजोत सिंहले १० मिटर एयर पेस्तोल मिक्स टिममा कास्य पदक जितेका हुन् ।
मनु र सरबजोतको टिमले दक्षिण कोरियाको ओ ये जिन र ली वून्होलाई १६(१० ले पराजित गर्दै कास्य पदक जितेका हुन् ।
यसअघि मनु भाकरले १० मिटर एयर पेस्तोलमै कास्य पदक जितेकी थिइन् । पहिलो कास्य पदक जितेर उनी भारतको ओलम्पिक इतिहासमा शुटिंगमा मेडल जित्ने पहिलो खेलाडी बनेकी थिइन् ।
यसका साथै मनु ओलम्पिकको इतिहासमा एकै ओलम्पिकमा दुई मेडल जित्ने पहिलो भारतीय खेलाडीसमेत बनेकी छिन् ।
यसअघि भारतका लागि पहलवान शुशील कुमार र ब्याडमिन्टन खेलाडी पीभी सिन्धूले दुई ओलम्पिक पदक जिते पनि उनीहरुले अलग अलग ओलम्पिकमा जितेका थिए ।