arrow

अर्थ मन्त्रालयमा घिमिरेलाई स्वागत, मरासिनीको बिदाई

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १५ मंगलबार
bishnu-ramprasad-madhu.jpg

काठमाडौँ । अर्थ मन्त्रालयको सचिवमा डा.रामप्रसाद घिमिरेलाई स्वागत गरिएको छ । साथै यसअघि अर्थ सचिव रहेका मधुकुमार मरासिनीलाई बिदाई गरिएको छ । 

अर्थ मन्त्रालयमा कार्यक्रम गरी डा. घिमिरेलाई स्वागत र मरासिनीलाई बिदाई गरिएको हो । मन्त्रिपरिषद्को सोमबारको बैठकले राजस्व सचिव डा. घिमिरेलाई अर्थ सचिवमा र अर्थ सचिव मरासिनीलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गर्ने निर्णय गरेको थियो । 

कार्यक्रममा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ सचिव डा.घिमिरेले अर्थ प्रशासनको सफल नेतृत्व गर्ने विश्वास व्यक्त गर्दै सफलताको शुभकामना दिए । 

अर्थमन्त्री पौडेलले अर्थ सचिव रहँदा मरासिनीले बजेट निर्माण लगायतमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै जुनसुकै ठाउँमा रहे पनि राष्ट्रका लागि योगदान गर्ने विश्वास व्यक्त गरे । 

अर्थ सचिव डा. घिमिरेले अर्थ मन्त्रालयको जिम्मेवारी प्रदान गरेकोमा नेपाल सरकार र उपप्रधान एवं अर्थमन्त्रीलाई धन्यवाद दिँदै सबैको साथ लिएर अघि बढ्ने बताए । 

त्यस्तै सचिव मरासिनीले जहाँ रहे पनि आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै आवश्यक पर्दा अर्थ मन्त्रालयलाई सहयोग  गर्ने बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ