arrow

उपत्यकाका नदी–किनारमा डुबान, बागमती र गण्डकीका धेरै ठाउँमा वर्षा, शुक्रबारसम्मै खतरा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १६ बुधबार
manohara-duban-81-4-16.jpg
तस्बिर–भक्तपुरको बस्तीमा बुधबार बिहान पसेको मनहरा खोलाको बाढी, केही घर डुबानमा परेका छन् ।

काठमाडौँ । काठमाडौँ उपत्यकामा गएरातिदेखि बिहानसम्म भएको अति भारी वर्षाका कारण नदी किनारमा डुबान भएको छ । राति १० बजेपछि उपत्यकामा धेरै स्थानमा भारी वर्षा भएसँगै डबान भएको हो । 

अधिकांश सहायक नदीहरुमा सतर्कताको तह नजिक पुगेको थियो । बिहानपछि वर्षामा कमी आए पनि दिनभर मौसम नखुल्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बिहान मनोहरा खोला बस्तीमा बस्दा भक्तपुर क्षेत्र डुबानमा पर्यो । 

भक्तपुरको हनुमन्ते खोला जगाती जलमापन केन्द्रको जलसतह सतर्कता तह पार गरेसँगै सतर्क रहन आग्रह गरिएको छ । 

त्यस्तै कोटेश्वरसमेत डुबानमा पर्दा केही घण्टाका लागि विद्युत आपूर्तिसमेत बन्द गरिएको नेपाल विद्युत प्राधिकरणको नयाँ बानेश्वर शाखाले जनाएको छ । पानीको सतह घटेसँगै विद्युत आपूर्ति नियमित गरिएको थियो । 

धोबीखोला, चाबहित र गौरीघाटमा पनि जलसतहले सतर्कता तह पार गरेको विभागले जनाएको छ । 

के छ देशभरको अवस्था ?
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।

विभागले अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको जनाउँदै बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा  हल्कादेखि मध्यम वर्षा भैरहेको जनाएको छ ।

त्यस्तै गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई  स्थानमा भारी वर्षा भैरहेको विभागले जनाएको छ । यो क्रम शुक्रबारसम्मै रहने पनि विभागले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ