arrow
ADVERTISEMENT

केरलामा सबैभन्दा खराब प्राकृतिक प्रकोप

चार गाउँ बगाउँदा १५१ जनाको मृत्यु, २२० भन्दा बढी बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १६ बुधबार
landslide-india-24-7-30.jpg

काठमाडौं । भारतको केरलामा गएको भीषण पहिरोमा कम्तीमा १५१ जनाको मृत्यु भएको छ भने २२० भन्दा बढी व्यक्ति बेपत्ता छन् । मुसलधारे वर्षापछि गएको पहिरोले चार गाउँ नै बगाएको छ ।

केरलाको दक्षिणी तटीय राज्य पहिरोको चपेटामा परेको हो । प्रकोपमा अहिलेसम्म १ सय ५१ जनाको मृत्यु भइसकेको छ । ११६ जना अस्पतालमा, २२० भन्दा बढी व्यक्ति बेपत्ता छन् । भने  दुई सय ५० जनालाई बचाइएको अधिकारीहरूले बताएका छन् । वायनाड जिल्लामा बाटो अवरुद्ध हुँदा उद्धार कार्यमा कठिनाइ भएको छ ।

केरलाका मुख्यमन्त्री पिनाराई विजयनले यो राज्यले देखेको सबैभन्दा खराब प्राकृतिक प्रकोप भएको बताएका छन् । सेना, वायुसेना, एसडीआरएफ र एनडीआरएफका टोली उद्धारमा खटिएका छन् । सेनाले राति अबेरसम्म भग्नावशेषबाट १ हजार जनाको उद्धार गरेको छ । रात परेकाले उद्धार रोकिएको थियो । बिहानैदेखि फेरि सुरु भएको छ ।

पहिरोले घरहरू पुरिएका छन् भने सडकमा कार र अन्य फोहोरहरू छरिएका छन् । सेनाले रातभर उद्धार गरेको र बिहान पुनः सुरु गरेको जनाएको छ ।

सोमबार अबेर राति विभिन्न चार स्थानमा पहिरो खसेको थियो । बिहान २ बजेदेखि ६ बजेसम्ममा चार गाउँ पहिरोमा बगेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ