arrow

धर्मस्थली स्कुललाई पूर्वविद्यार्थीले गरे पाँच लाख सहयोग

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १६ बुधबार
dharmasthali-school 2.jpg

पोखरा । पोखरा महानगरपालिका वडा नं ५ प्रस्याङस्थित धर्मस्थली आधारभूत विद्यालयलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरिएको छ ।

विद्यालयको समग्र विकासका लागि विद्यालयका पूर्वविद्यार्थी डा. राजेन्द्र प्रसाद कोइराला र डा. सुमिरा कोइरालाले उक्त सहयोग गरेका हुन् । राजेन्द्र र सुमिरा विद्यालयका पूर्वअध्यक्ष वेदनीधि कोइरालाका छोरा बुहारी हुन् । उनीहरु हाल अमेरिकमा छन् ।

उक्त रकम सुमिराका पिता एवं साहित्यकार तीर्थराज अधिकारी र माता सीतादेवी अधिकारीमार्फत बुधबार विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

रकम वडासदस्य गोविन्दप्रसाद पराजुलीको उपस्थितिमा विद्यालयकी प्रधानाध्यापक वदनकुमारी शर्मा र विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद पराजुलीले ग्रहण गरेका हुन् ।

सोही अवसरमा साहित्यकार अधिकारीले एक सय ५० थान पुस्तकसमेत विद्यालयको पुस्तकालयलाई हस्तान्तरण गरेका थिए ।

वि.सं. २०२१ सालमा स्थापित विद्यालय हाल चार सय बढी विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा करिब ७७ वटै जिल्लाका विद्यार्थी अध्ययनरत छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ