arrow

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय 

सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी, राजदूत र सचिवहरूको व्यापक हेरफेर [भिडियो]

तीन प्रदेश प्रमुख सिफारिस 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १६ बुधबार
subba-04-16.jpg

काठमाडौँ । सरकारले नेपाली सेनाको कायममुकायम (का.मु.) प्रधानसेनापतिको जिम्मेवारी वरिष्ठ रथी अशोकराज सिग्देललाई दिएको छ । बुधबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले चिकित्सा शिक्षा आयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत आर्थिक वर्ष २०८१-०८२ का लागि राजपत्राङ्कित श्रेणी वा सो सरहका जम्मा ५९ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको बताए । 

साथै सरकारले राजदूत र सचिवहरूको व्यापक हेरफेर गरेको छ भने तीन प्रदेशमा प्रदेश प्रमुख फेरिने भएका छन् । सरकारले  शंकरप्रसाद शर्मा भारत, श्रीकान्त रिजाल अस्ट्रेलिया, नरेशविक्रम ढकाल साउदी अरेबिया, प्राध्यापक डाक्टर कपिलमान श्रेष्ठ दक्षिण अफ्रिका, प्राध्यापक धनप्रसाद पण्डित इजरायल, रामकृष्ण भट्टराई श्रीलंका, सनिल नेपाल स्पेनका लागि राजदूत तोकेको छ । 

साथै सहिल रुपाखेती जर्मनी, लोकदर्शन रेग्मी संयुक्त राज्य अमेरिका, चन्द्रकुमार घिमिरे संयुक्त अधिराज्य, डा. शिवमाया तुम्बाहाम्फे दक्षिण कोरिया, जंगबहादुर चौहान रुसी महासंघ, रमेशचन्द्र पौडेल कतार, प्रा.डा.कृष्णप्रसाद ओली चीन, सुम्निमा तुलाधर डेनमार्क, डा. नेत्रप्रसाद तिमल्सिना मलेसिया, प्रकाशमणि पोखरेल पोर्चुगल, रिता धिताल पाकिस्तानको राजदूत तोकेको छ ।    

नेपाल सरकारका राजपत्राङ्कित विशिष्ट श्रेणीका अधिकृतहरूको सरुवा गरेको छ । जसमा रामकृष्ण सुवेदी सार्वजनिक खरिद अनुगम कार्यालय, अर्जुनप्रसाद पोखरेल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, मधुकुमार मरासिनी उपराष्ट्रपतिको कार्यालय, गोकर्णमणि सुवेदी राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रमुख तथ्याङ्क अधिकारी, सुरेश आचार्य जल तथा ऊर्जा आयोगको सचिवालय, भरतमणि सुवेदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रमीलादेवी बज्राचार्य खानेपानी मन्त्रालय, मधुसूदन बुर्लाकोटी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिव, डा. रामप्रसाद घिमिरे अर्थ मन्त्रालय सचिव, किरणराज शर्मा राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग, डिल्लीराम शर्मा लोकसेवा आयोगमा सचिव, रामकुमार श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गोपालप्रसाद सिग्देल ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालय, रामेश्वर दंगाल रक्षा मन्त्रालय, मुकुन्दप्रसाद निरौला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सर्जुकुमार वैद्य प्रमुख अधिकृत राष्ट्रिय सतर्कता केन्द्र, नारायणप्रसाद शर्मा हुमागाईँ राष्ट्रपतिको कार्यालय, केशवकुमार शर्मा बिडारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, रामआधार साह नेपाल ट्रस्टको कार्यालय, सचिव, घनश्याम उपाध्याय अख्तियार दुरुपयोग अनुसन्धान आयोग, दिनेशकुमार घिमिरे अर्थ मन्त्रालयको राजश्व सचिव, राधिका अर्याल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिवमा सरुवा गरेको हो । 

सरकारले नेपालको संविधानको धारा १६५ को उपधारा १ को खण्ड ख बमोजिम बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । 

सरकारले नेपालको संविधानको धारा १६३ को उपधारा २ बमोजिम प्रदेश प्रमुखमा दीपकप्रसाद देवकोटा बागमती प्रदेश, कृष्णबहादुर घर्ती मगर लुम्बिनी प्रदेश, यज्ञराज जोशी कर्णाली प्रदेशमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

यी हुन् निर्णयहरू 

शंकरप्रसाद शर्मा भारत, श्रीकान्त रिजाल अस्ट्रेलिया, नरेशविक्रम ढकाल साउदी अरेबिया, प्राध्यापक डाक्टर कपिलमान श्रेष्ठ दक्षिण अफ्रिका, प्राध्यापक धनप्रसाद पण्डित इजरायल, रामकृष्ण भट्टराई श्रीलंका, सनिल नेपाल स्पेन, सहिल रुपाखेती जर्मनी, लोकदर्शन रेग्मी संयुक्त राज्य अमेरिका, चन्द्रकुमार घिमिरे संयुक्त अधिराज्य, डा. शिवमाया तुम्बाहाम्फे दक्षिण कोरिया, जंगबहादुर चौहान रुसी महासंघ, रमेशचन्द्र पौडेल कतार, प्रा.डा.कृष्णप्रसाद ओली चीन, सुम्निमा तुलाधर डेनमार्क, डा. नेत्रप्रसाद तिमल्सिना मलेसिया, प्रकाशमणि पोखरेल पोर्चुगल, रिता धिताल पाकिस्तान । 

नेपाली सेनामा हाल ज्येष्ठता क्रममा रहेका बलाधिकृत रथि अशोकराज सिग्देललाई सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा ३ बमोजिम मिति २०८१ साउन २५ गतेदेखि लागू हुने गरी कायममुकायम भई प्रधानसेनापतिको कार्यभार सम्हाल्ने गरी तोक्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने । 

चिकित्सा शिक्षा आयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत आर्थिक वर्ष २०८१-०८२ का लागि राजपत्राङ्कित श्रेणी वा सो सरहका जम्मा ५९ अस्थायी दरबन्दी स्वीकृत गर्ने । 

नेपाल सरकारका राजपत्राङ्कित विशिष्ट श्रेणीका देहायका अधिकृतहरूको सरुवा गर्ने । 

रामकृष्ण सुवेदी सार्वजनिक खरिद अनुगम कार्यालय, अर्जुनप्रसाद पोखरेल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, मधुकुमार मरासिनी उपराष्ट्रपतिको कार्यालय, गोकर्णमणि सुवेदी राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रमुख तथ्याङ्क अधिकारी, सुरेश आचार्य जल तथा ऊर्जा आयोगको सचिवालय, भरतमणि सुवेदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रमीलादेवी बज्राचार्य खानेपानी मन्त्रालय, मधुसूदन बुर्लाकोटी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिव, डा. रामप्रसाद घिमिरे अर्थ मन्त्रालय सचिव, किरणराज शर्मा राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग, डिल्लीराम शर्मा लोकसेवा आयोगमा सचिव, रामकुमार श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गोपालप्रसाद सिग्देल ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालय, रामेश्वर दंगाल रक्षा मन्त्रालय, मुकुन्दप्रसाद निरौला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सर्जुकुमार वैद्य प्रमुख अधिकृत राष्ट्रिय सतर्कता केन्द्र, नारायणप्रसाद शर्मा हुमागाईँ राष्ट्रपतिको कार्यालय, केशवकुमार शर्मा बिडारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, रामआधार साह नेपाल ट्रस्टको कार्यालय, सचिव, घनश्याम उपाध्याय अख्तियार दुरुपयोग अनुसन्धान आयोग, दिनेशकुमार घिमिरे अर्थ मन्त्रालयको राजश्व सचिव, राधिका अर्याल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिवमा सरुवा हुनुभएको छ । 

नेपालको संविधानको धारा १६५ को उपधारा १ को खण्ड ख बमोजिम बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश प्रमुखलाई पदमुक्त गर्न सम्माननीय राष्ट्रपति समक्ष सिफारिस गर्ने ।

नेपालको संविधानको धारा १६३ को उपधारा २ बमोजिम दीपकप्रसाद देवकोटा बागमती प्रदेश, कृष्णबहादुर घर्ती मगर लुम्बिनी प्रदेश, यज्ञराज जोशी कर्णाली प्रदेशमा नियुक्त गर्न सम्माननीय राष्ट्रपति समक्ष सिफारिस गर्ने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ