- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडाैँ । आजदेखि सुरु भएको काभा महिला भलिबल नेसन्स लिग प्रतियोगितामा नेपालले श्रीलङ्कालाई पराजित गर्दै प्रतियोगितामा सुखद् शुरुआत गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न खेलमा नेपालले श्रीलङ्कालाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।
नेपालले श्रीलङ्कामाथि पहिलो सेट २५-१९, दोस्रो सेट २५-१८ र तेस्रो सेट २५-१९ ले पाखा लगाउँदै विजयी भयो ।
यस जितसँगै नेपालले तीन अङ्क जोडेको छ । अब नेपालले आफ्नो दोस्रो खेल शनिबार भारतसँग खेल्नेछ ।