arrow

माछापुच्छ्रे बैङ्कद्वारा श्री नवदुर्गा माध्यमिक विद्यालयलाई पूर्वाधार निर्माण गरी हस्तान्तरण

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १८ शुक्रबार
mbl-csr-school-sudurpaschim-nava-dugar.jpg

काठमाडौँ। माछापुच्छ्रे बैङ्क लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला स्थित श्री नवदुर्गा माध्यमिक विद्यालयमा खानेपानी सेवाको लागि आवश्यक पूर्वाधार निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ। यही साउन १८ गते शुक्रवारका दिन एक औपचारिक कार्यक्रमकाबीच बैङ्कले निर्माण गरेको पूर्वाधारहरू विद्यालय व्यवस्थापन समिति एवं विद्यालय प्रशासनलाई हस्तान्तरण गरिएको हो।

विद्यालय सञ्चालनका लागि अति आवश्यक पर्ने खानेपानीको असुविधाका कारण पठनपाठनमा समेत समस्या भइरहेको जानकारी पाए पश्चात् बैङ्कले उक्त विद्यालयको अवस्था अवलोकन गरी उक्त पूर्वाधारहरू निर्माण गरेको हो।

बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरूमा विभिन्न सङ्घसंस्थाहरूसँग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरूमा काम गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ