arrow

अठार घण्टा खटिएका मन्त्री पाण्डे भन्छन् - म निष्ठापूर्वक काम गर्न प्रतिबद्व छु  

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १९ शनिबार
badri-pandey-81-4-18.jpg

काठमाडौँ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले निष्ठापूर्व काम गर्न प्रतिबद्व रहेको बताएका छन् ।

शुक्रबार नेपाली कांग्रेस पर्यटन विभागद्वारा आयोजित नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी सम्बद्व पर्यटन व्यवसायीसँगको छलफल एवम् अन्तरक्रिया  कार्यक्रममा बोल्दै उनले उक्त प्रतिबद्वता जनाएका हुन् । 

उनले संस्कृति र प्रकृतिलाई सँगसँगै लिन सकेमा  पर्यटनको विकास हुने दाबी गरे । आफू हाल १८ घण्टा मन्त्रालयको काममा खटिएकाले परिणामुखी काम गरेर देखाउने प्रतिबद्वता व्यक्त गरे ।

मन्त्री पाण्डेले पर्यटनमैत्री पर्यटन नीति बन्नेमा पर्यटन व्यवसायीलाई ढुक्क रहन आग्रह गरे । 

उनले आफूलाई पार्टी,नेता र कार्यकर्ताको विश्वासमा कुठाराघात नगरी निष्ठा पूर्वक काम गर्न प्रतिबद्व रहेको बताए। 

साथै उनले पर्यटन व्यवसायीहरूलाई व्यक्तिगत लाभका काम नभई समग्र मुलुकको समृद्धि र विकासमा टेवा पुग्ने काम गर्ने प्रतिबद्दता दोहोर्याए । पर्यटन व्यवसायी आफैँमा थिङट्याक्क भएकाले निष्कर्ष र निचोड सहितको सुझाव दिनसमेत उनले आग्रह गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ