arrow

काभा बिच भलिबलको उपाधि नेपाललाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १९ शनिबार
beach-volleyball-nepal-wome.jpg

काठमाडौँ । भुटानको थिम्पुमा शनिबार  सम्पन्न काभा बिच भलिबलको महिलातर्फ नेपालकी कमला र मनीषाको जोडी उपाधि जित्न सफल भएको छ । 

उज्बेकिस्तानका खेलाडीलाईलाई २–० को सोझो सेटमा हराउँदै कमला पुन‌ र मनीषा चौधरीको‌ जोडी उपाधि जित्न सफल भएको हो ।  उनीहरुले  २१–१७ र २१–१४ को जितसहित स्वर्ण पदक जित्न सफल भएका छन् ।

पुरुषतर्फ भने नेपालका मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडी उपविजेतामा बनेका छन् । उनीहरु मालदिभ्स ए टिमका खेलाडीसँग  २–० को सोझो सेटमा पराजित हुँदै उपाधि जित्न असफल भएका हुन् । 

यस प्रतियोगितामा पुरुष तर्फ १० टोली र महिलातर्फ ७ टोलीको सहभागिता रहेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ