arrow

काभा महिला भलिबलमा नेपाल इरानसँग पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २० आइतबार
kava-volleyball--women-81.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल काठमाडौँमा जारी काभा वुमन्स नेसन्स भलिबल लिगमा इरानसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार सम्पन्न खेलमा इरानले नेपाललाई ३–२ को सेटमा पराजित गरेको हो ।

यो जितपछि इरानले २ अंक हासिल गरेको छ भने नेपालले एक अंक हासिल गरेको छ ।  यो जितपछि इरानले चार खेलमा ७ अंक हासिल गरेको छ भने नेपालले ३ खेलमा ६ अंक हासिल गरेको छ ।

अब नेपालले आफ्नो लिग चरणको अन्तिम खेल सोमबार साँझ ५ः१५ बजेदेखि माल्दिभ्सविरुद्ध खेल्ने तालिका रहेको छ । 

नेपालले शनिबार भारतविरुद्ध जित हासिल गर्दै अहिलेसम्मकै ठूलो सफलता पाएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ