arrow

नकारात्मक प्रभाव नपरोस् भन्ने कुरामा सतर्क भएर मौद्रिक नीति ल्याएका छौं - गभर्नर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २१ सोमबार
mahaprasad-adhikari-governer-22.jpg

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिले परिवर्तन गरेका व्यवस्थाले निजी क्षेत्रको मनोबल उच्च बनाएको बताएका छन् । आइतबार एक कार्यक्रममा बोल्दै उनले मौद्रिक नीतिको असरले उद्योगी व्यवसायी,बैंकर्स र सर्वसाधारणको गिरेको मानसिकता र मनोबल उठेको पाएको धारणा राखे । उनले मौद्रिक नीतिले गरेको लचिलो नीतिगत व्यवस्थाले उठेको मनोबललाई निरन्तर लैजान आवश्यक रहेको बताए । 

उनले गिरेको मनोबल उच्च बनाउन निजी क्षेत्र, सरकारका सम्बन्ध निकायहरूको महत्त्वपूर्ण भूमिका रहने बताए । उनले मौद्रिक नीतिका व्यवस्थाहरू सबै आफैँले काम नगर्ने भन्दै सबैको दायित्व रहेको उल्लेख गरे । उनले यो वर्षको मौद्रिक नीति राष्ट्र बैंकले अन्तर्राष्ट्रिय परिवेश र आन्तरिक अवस्था सबैलाई केलाएर ल्याएको बताए । उनले चालु आर्थिक वर्षको मौद्रिक नीति गत वर्षको भन्दा लचिलो भएको भन्दै त्यसले बजारमा पार्ने असरका विषयमा राष्ट्र बैंक सर्तक रहेको बताए । 

उनले भने,‘मौद्रिक नीति अन्तर्राष्ट्रिय परिवेश र आन्तरिक अवस्था सबैलाई केलाएर मौद्रिक नीति ल्याएको छ । यो वर्ष मौद्रिक नीतिको स्ट्यान्स अलिक लचिलो छ । गत वर्ष पनि खुकुलो मौद्रिक नीति ल्याएका हौँ । गत वर्षको भन्दा केही नीतिहरू र रेटहरूलाई घटाएका छौँ । मौद्रिक नीतिलाई तादाम्यता मिलाउने क्रममा केही माइक्रोपोटेन्सियल नम्सहरु र फाइनान्सियल क्षेत्रहरुसम्बन्धित नीतिहरूमा रिल्याक्सेसन गरेका छौं । राष्ट्र बैंक के मा सर्तक छ भन्दा नीतिगत लतकता स्वरूप माइक्रो पोटेनसियल्स नम्समा असर नपरोस् । नकारात्मक प्रभाव नपरोस् भन्ने कुरामा सतर्क भएर ल्याएका छौं । मौद्रिक नीतिले व्यवस्था गरेको नीतिको असरबाट हामीले बजारमा उद्योगी व्यवसायी, बैंकर्स र सर्वसाधारणमा गिरेको मानसिकता र मनोबल उठेको पाएका छौं । त्यो उठेको मनोबललाई यसरी नै निरन्तर लैजानु छ । त्यसको लागि सबैको महत्त्वपूर्ण भूमिका हुनेछ । मौद्रिक नीतिका व्यवस्थाहरू सबै आफैँले काम गर्ने होइन । मौद्रिक नीतिले नीतिगत व्यवस्था गरिदिने मात्रै हो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ