arrow

माछापुच्छ्रे बैंकको नाफा सवा अर्ब

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २१ सोमबार
machhapuchhre-bank-mbl-head-office.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष २०८०–८१ मा सवा अर्ब रुपैयाँ भन्दा बढी नाफा कमाएको छ । बैंकले प्रकाशन गरेको वित्तीय विवरण अनुसार यो अवधिमा १ अर्ब २५ करोड रुपैयाँ खुद नाफा देखिएको हो । 

अघिल्लो वर्ष बैंकको खुद नाफा १ अर्ब ६८ करोड रहेको थियो । बैंकले कमाएको उक्त नाफा हाल रहेको ११ अर्ब ६२ करोड चुक्ता पूँजीको आधारमा यो नाफा प्रतिशेयर १४.४६ प्रतिशत बराबर हो । 

यो वर्ष बैंकको खुद ब्याज आम्दानीमा सामान्य गिरावट आएको छ । ५ अर्ब ३७ करोड खुद ब्याज आम्दानी गरेको बैंकले यो वर्ष ५ अर्ब खुद ब्याज आम्दानी गरेको छ । त्यस्तै, शुल्क तथा कमिसन आम्दानी अघिल्लो वर्ष १ अर्ब १४ करोड रुपैयाँ रहेकोमा यो वर्ष १ अर्ब ८ करोड पुगेको देखिन्छ । 

यो वर्ष बैंकको सबै प्रकारका खर्चहरु स्थिर देखिएको छ । अघिल्लो वर्ष २ अर्ब १२ करोड रहेको कर्मचारी खर्च यो वर्ष २ अर्ब ११ करोड छ । त्यस्तै, अघिल्लो वर्ष ८० करोड रहेको सञ्चालन खर्च बढेर ८२ करोड रुपैयाँ पुगेको छ । 

इम्पेरिन्ट चार्जबापत बैंकले छुट्याउनुपर्ने रकम भने यो वर्ष घटेको छ । अघिल्लो वर्ष यो शीर्षकमा १ अर्ब १४ करोड छुट्याएकोमा यो वर्ष १ अर्ब ७ करोड रुपैयाँ मात्रै छुट्याउनु परेको छ ।

बैंकको वितरणयोग्य नाफा भने यो अवधिसम्म ४६ करोड ६४ लाख रुपैयाँ बराबर रहेको छ । यो भनेको प्रतिशेयर ४.०१ रुपैयाँ बराबर हो । अघिल्लो वर्ष यो क्षमता प्रतिशेयर १४.१२ प्रतिशत रहेको थियो । 

वर्षको अन्त्यमा बैंकको निष्क्रिय कर्जा अनुपात ३.६२ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्ष २.२६ प्रतिशत थियो । त्यस्तै, पूँजीकोष अनुपात १३.८३ प्रतिशत, कस्ट अफ फण्ड ५.८७ प्रतिशत, बेसरेट ८.२६ प्रतिशत र ब्याजको स्प्रेडदर ३.९८ प्रतिशत रहेको देखिन्छ । 

बैंकले यो अवधिमा १ खर्ब ५८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २७ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष निक्षेप र कर्जाको रकम क्रमशः १ खर्ब ५४ अर्ब र १ खर्ब २६ अर्ब रुपैयाँ थियो । 

अहिले बैंकको रिजर्भ कोषमा ५ अर्ब १७ करोड रुपैयाँ रहेको छ । यो रिजर्भ चुक्ता पूँजी तथा रिटेन्ड अर्निङ समेतको आधारमा बैंकको प्रतिशेयर नेटवर्थ १४८.८ रुपैयाँ रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ