arrow

नेपाल काभा भलिबलको सेमिफाइनलमा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २१ सोमबार
kava-women-volleyball-24-8-.jpg

काठमाडौँ । नेपाल काठमाडौँमा जारी काभा महिला भलिबल लिगको सेमिफाइनलमा पुगेको छ । लिग चरणको अन्तिम खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाल दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न खेलमा नेपालले एकतर्फी प्रदर्शन गर्दै माल्दिभ्सलाई २५–८, २५–१९ र २५–१८ ले जित्यो । 

यो जितसँगै नेपाल दोस्रो हुँदै सेमिफाइनलमा पुग्यो । भारत १० अंकसहित शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुग्यो भने नेपाल ९ अंकसहित दोस्रो हुँदै सेमिफाइनलमा पुग्यो । 

त्यस्तै ७ अंकसहित तेस्रो स्थानमा रहेर इरान तथा चौथो स्थानमा रहेर श्रीलंका सेमिफाइनलमा पुगेको छ । 

सेमिफाइनलमा नेपालको भिडन्त इरानसँग हुनेछ । लिग चरणमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको थियो । 

सेमिफाइनल खेल मंगलबार हुने छन् । मंगलबार अपरान्ह ३ बजे भारत र श्रीलंका तथा साँझ ५ः१५ बजे नेपाल र इरान खेल्नेछन् । 

kava-volleyball-nepal-24-8-5 (16).jpg
kava-volleyball-nepal-24-8-5 (17).jpg
kava-volleyball-nepal-24-8-5 (18).jpg
kava-volleyball-nepal-24-8-5 (19).jpg
kava-volleyball-nepal-24-8-5 (20).jpg
kava-volleyball-nepal-24-8-5 (1).jpg
kava-volleyball-nepal-24-8-5 (2).jpg
kava-volleyball-nepal-24-8-5 (3).jpg
kava-volleyball-nepal-24-8-5 (4).jpg
kava-volleyball-nepal-24-8-5 (5).jpg
kava-volleyball-nepal-24-8-5 (6).jpg
kava-volleyball-nepal-24-8-5 (7).jpg
kava-volleyball-nepal-24-8-5 (8).jpg
kava-volleyball-nepal-24-8-5 (9).jpg
kava-volleyball-nepal-24-8-5 (10).jpg
kava-volleyball-nepal-24-8-5 (11).jpg
kava-volleyball-nepal-24-8-5 (12).jpg
kava-volleyball-nepal-24-8-5 (13).jpg
kava-volleyball-nepal-24-8-5 (14).jpg
kava-volleyball-nepal-24-8-5 (15).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ