arrow

सुदूरपश्चिम विश्वविद्यालयद्वारा ३२ क्याम्पसलाई सम्बन्धन प्रदान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २३ बुधबार
sudurpaschim-university.jpg

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयले ३२ क्याम्पसलाई सम्बन्धन दिएको छ । विसं २०७४ देखि सम्बन्धनका लागि आवेदन दिएर प्रक्रियामा रहेका दुई सयभन्दा बढी क्याम्पसमध्ये मापदण्ड पुगेका ३२ क्याम्पसलाई सम्बन्धन दिइएको विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले जानकारी दिए ।

ती क्याम्पसलाई बिबिए, एमबिए, सिभिल सिएसआइटीलगायतका कार्यक्रमका लागि अनुमति दिएको उनले बताए । 

सम्बन्ध पाउनेमा वेस्टर्न कलेज एण्ड रिसर्च सेन्टर प्रालि वीरेन्द्रनगर, सिद्धपाइला टेक्निकल कलेज वीरेन्द्रनगर, भेरी कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेन्ट नेपालगञ्ज, सगुन कलेज अफ म्यानेजमेन्ट नेपालगञ्ज, टेक्निकल रिसर्च फर ट्रेनिङ इन्स्टिच्युट नेपालगञ्ज छन् । 

यसैगरी वेष्टर्न कलेज अफ विजनेश स्टडिज कोहलपुर, गेरूवा बहुमुखी क्याम्पस बर्दिया, श्री ज्ञानज्योति म्यानेजमेन्ट कलेज तुलसीपुर, वेष्टर्न एड्भान्स कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेन्ट गैँडाकोट, फोर्ब्स कलेज भरतपुर, चितवन र गण्डकी एकेडेमी फाउण्डेशन प्रालि पोखरा छन् ।

यस्तै गण्डकी कलेज अफ साइन्स, म्यानेजमेन्ट एण्ड टेक्नोलोजी पोखरा, एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट स्कुल अफ इञ्जिनियरिङ सातदोबाटो ललितपुर, आर्केन कलेज ललितपुर, दयानन्द कलेज, जाउलाखेल,  काठमाडौँ वर्ल्ड स्कुल अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेन्ट सूर्यविनायक भक्तपुर, शिक्षालय कलेज शिवनगर लोकन्थली, रिलायबल कलेज मीनभवन, काठमाडौँ, आदिम कलेज काठमाडौँ, हिमालय कलेज काठमाडौँ, महर्षि कलेज नयाँबानेश्वर, एपेक्स म्यानेजमेन्ट कलेज वीरगञ्ज, वीरगञ्ज डेसिमल पब्लिक कलेज वीरगञ्ज, मिथिला इन्स्टिच्युट अफ टेक्नोलोजी जनकपुरधाम,  इन्स्टिच्युट अफ विजनेस म्यानेजमेन्ट कलेज लाहान, प्रणिता कलेज अफ म्यानेजमेन्ट मिर्चैया सिराहा, बर्दिवास नवक्षितिज कलेज बर्दिवास, क्याम्ब्रिज विजनेस स्कुल वीरेन्द्रनगर, किस्टोन म्यानेजमेन्ट कलेज कोहलपुर, ज्ञानसुधा टेक्निकल कलेज रत्ननगर चितवन, ड्रिम्स कलेज भरतपुर र राघवेन्द्र गौरव बहुमुखी क्याम्पस कृष्णनगर कपिलवस्तुलाई सम्बन्धन दिइएको सूचना अधिकारी विष्टले जानकारी दिए ।

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा हेमराज पन्तले विसं २०७४ देखि सम्बन्धनका लागि प्रक्रिया सुरू गरेका क्याम्पसमध्ये ३२ वटा क्याम्पसलाई मात्रै सम्बन्धन दिइएको बताए । 

“सुदूरपश्चिममा रहेका १६ वटा आङ्गिक क्याम्पसलाई व्यवस्थित गर्ने र सुदूरपश्चिम बाहिर पनि विश्वविद्यालय क्षेत्र विस्तार तथा विकासका लागि सम्बन्धन दिएका हौँ”, उनले भने, “सम्बन्धित डिनले दिएको अङ्कका आधारमा सबैभन्दा बढी पाउने क्याम्पसलाई सम्बन्धन दिएका छौँ ।”

उनले निजी तथा सरकारी क्याम्पसलाई सम्बन्धन दिएको बताए । 

विसं २०६७ मा स्थापना भएको विश्वविद्यालयका सुदूरपश्चिममा मात्र १६ वटा आङ्गिक क्याम्पस छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ