arrow

काभा महिला भलिबल

उपाधिका लागि नेपाल र भारत भिड्दै, नेपाल कीर्तिमान रच्न आतुर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २३ बुधबार
volleyball-nepal-women-24-8.jpg

काठमाडौँ । नेपालले आज काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा भारतको सामना गर्दैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने फाइनल खेल साँझ ५ बजेदेखि शुरु हुने छ ।  

मंगलबार सम्पन्न सेमिफाइनल खेलमा नेपालले इरानलाई सोझो सेटमा ३–० ले पराजित गरेको थियो । त्यस्तै पहिलो सेमिफाइनलमा भारतले श्रीलंकालाई ३–० ले पराजित गरेको थियो ।

नेपाल लिग चरणमा इरानसँग पराजित भएको भए पनि सेमिफाइनलमा भने उत्कृष्ट प्रदर्शन गर्यो । अहिलेसम्म नेपालले इरानलाई हराउन सकेको थिएन । 

त्यस्तै लिग चरणमा नेपालले भारतलाई पराजित गरेर कीर्तिमान रचेको थियो । महिला भलिबल टिमले पहिलो पटक भारतलाई हराएको थियो । 

नेपालले भारतलाई पराजित गरिसकेको हुनाले आज फाइनलमा उच्च मनोबलका साथ खेल्दैछ । यो खेल जितेर उपाधि हासिल गर्दा नेपाली महिला टिमले अझ ठूलो छलाङ मार्नेछ । 

फाइनल खेलमा खेलाडीको मनोबल बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीसमेत उपस्थित हुने भएका छन् ।

त्यस्तै आजै तेस्रो स्थानको खेल इरान र श्रीलंकाबीच दिउँसो २ बजेदेखि हुनेछ ।

नेपालको राष्ट्रिय खेल भलिबल भए पनि अहिलेसम्म त्रिपुरेश्वरमा रहेको सदाबहार बाहेक कुनै पनि कोर्ट रहेको छैन । 

खेलकुदको नेतृत्वलाई यसमा चर्को दबाब परेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ