arrow

प्रचण्ड गर्मीका कारण १४ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २३ बुधबार
japan-hot-air.jpg

काठमाडौँ । दक्षिण कोरियामा यो वर्ष उष्ण लहरका कारण मृत्यु हुनेको सङ्ख्या १४ पुगेको र करिब एक हजार सात सय मानिसले गर्मीसँग सम्बन्धित रोगहरूको उपचार गराएको गृह मन्त्रालयले मङ्गलबार जनाएको छ ।

मन्त्रालयका अनुसार अत्यधिक गर्मीका कारण आइतबार ७० वर्षका दुई महिलाको मृत्यु भएको थियो भने दुई दिनअघि खेतमा ढलेर ६५ वर्षीय पुरुषको आइतबार मृत्यु भएको थियो ।

देशभर जारी प्रचण्ड गर्मीका कारण मे २० र अगस्ट ४ को बीचमा थप तीन जनाको मृत्युले गर्मीका कारण मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ ।

मे २० देखि अगस्ट ४ को बीचमा गर्मीसम्बन्धी रोगको उपचार गर्ने बिरामीहरूको कूल सङ्ख्या एक हजार छ सय ९० पुगेको छ । यो गत वर्षको सोही अवधिमा भएको एक हजार छ सय ४६ भन्दा बढी हो ।

हालको उष्ण लहरले दुई लाख ७७ हजार कुखुरासहित तीन लाख तीन हजार पशुधन मरेका थिए । 

गत सातादेखि देशैभरको तापक्रम ३५ डिग्रीको हाराहारीमा रहेको र ४० डिग्री सेल्सियससम्म पुगेको छ । 

यहाँ उष्णकटिबन्धीय रातहरूसँगै अत्यधिक गर्मी कम्तीमा अगस्ट १५ सम्म जारी रहने मौसम एजेन्सीले पूर्वानुमान गरेको छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ