arrow

अवरुद्ध नगरकोट सडक सञ्चालन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २३ बुधबार
changunarayan_municipal.png

भक्तपुर । लगातारको वर्षापछि खसेको पहिरोले मङ्गलबार अवरुद्ध भएको भक्तपुर–नगरकोट सडक केहीबेर अघिदेखि सञ्चालन भएको छ । चाँगुनारायण–६ मुहान पोखरी नजिक खसेको पहिरो पन्छाएपछि बाटो खुलेको हो ।

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले भने, “अहिले पहिरो पन्छाएर सडक खुलाइएको भए पनि यो सडकखण्डमा पहिरोको जोखिम कायमै छ ।” 

उनले पहिरोको जोखिममा सडक परेको भन्दै हालैको भीषण वर्षाका कारण चाँगुनारायण क्षेत्रका धेरै घर जोखिममा परेका र सडकमा पहिरो खस्ने, भासिने घटना बढिरहेका बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ