arrow

नबिल बैंकको मोबाइल बैंकिङ एप मार्फत सजिलै नमस्ते पे वालेटमा पैसा लोड

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २३ बुधबार
nabil-bank-namaste-pay.jpg

काठमाडौँ । नमस्ते पे र नबिल बैंकबीच प्रयोगकर्ताहरूलाई नबिल बैंकको मोबाइल बैंकिङ एपमार्फत सिधे नमस्ते पे वालेटमा पैसा लोड गर्न सक्ने सेवा प्रदान गर्ने समझदारी भएको छ ।

मंगलबार आयोजित एक कार्यक्रमबीच नमस्ते पे वालेटका तर्फबाट डेपुटी सीईओ विनय बिजुक्छे र नबिल बैंकका तर्फबाट रिटेल कारोबार बैंकिङ प्रमुख निरज शर्माले समझदारी पत्रमा हस्ताक्षर गरे । 

नबिल बैंक र नमस्ते पे बीचको यो साझेदारीले प्रयोगकर्ताहरूलाई आफ्नो नमस्ते पे मोबाइल वालेटमा नबिल बैंकको मोबाइल बैंकिङ एपबाट सहज रुपमा पैसा लोड गर्न सक्ने सुविधा प्रदान गर्दछ ।
नमस्ते पे प्रयोगकर्ताहरूले अब नबिल बैंकको मोबाइल बैंकिङ एपमार्फत सहज तरिकाले आफ्नो आवश्यकता अनुरुप पैसा लोड गरी विभिन्न सेवाहरुको भुक्तानी गर्न सक्नेछन् । 

नमस्ते पे र नबिल बैंक बीचको यो साझेदारीले डिजिटल भुक्तानी सेवाहरूमा सुविधाको विस्तार गरी उपभोक्ता अनुकुल सेवा प्रदान गर्न नमस्ते पेको प्रतिबद्धतालाई जोड दिन्छ।

नमस्ते पे सधै नयाँ सेवाहरू जस्तै: यूएसएसडी (अफलाइन) मोड, स्प्लिट बिल, र रिक्वेस्ट मनि जस्ता सुविधाहरू प्रस्तुत गर्न अग्रणी रहेको छ। यी अपडेटहरू नमस्ते पे को डिजिटल भुक्तानी समाधानलाई सबैका लागि पहुँचयोग्य बनाउन, डिजिटल विभाजनलाई कम गर्न र नेपालमा वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्न गरिएको निरन्तर प्रयासको एक हिस्सा रहेको कम्पनीले जनाएको छ । 

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड द्वारा शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको कम्पनीले उल्लेख गरेको छ । 

जस अनुरुप ५००# डायल गरेर नमस्ते पे प्रयोगकर्ताहरूले अफलाइन सेवाहरूको फाइदा लिन सक्दछन् । रिचार्ज, बिल भुक्तानी, पैसा थप्नुहोस्, पैसा पठाउनुहोस्, व्यापारी भुक्तानी जस्ता सेवाहरू अफलाइन उपलब्ध रहेको पनि नमस्ते पेले जनाएको छ । 

नेपाल टेलिकमको सिम भएका प्रयोगकर्ताहरूले यूएसएसडी (अफलाइन) सेवाहरूसमेत प्रयोग गर्न सक्नेछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ