arrow

चालकले मापसे गरेर जीप चलाउँदा दुर्घटना, नालीमा खस्दा सात जना घाइते

logo
तर्कराज भट्ट, 
प्रकाशित २०८१ साउन २४ बिहिबार
jeep-accident-dadeldhura-81.jpg

डडेल्धुरा । डडेलधुरामा जीप दुर्घटना भएको छ । बिहीबार दिउँसो डडेलधुरा सदरमुकामस्थित बसपार्क नजिकै जीप दुर्घटना भएको हो। सदरमुकामबाट गन्यापधुरा गइरहेको सुपप्र ०४००१ च ०१३४ नम्बरको जीप नालीमा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा ७ जना घाइते भएका छन । घाइतेमध्ये एक जना गम्भीर अवस्थामा रहेका छन् । गन्यापधुरा ३ गौलीगाउँका ४५ वर्षीय कृष्ण भुलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

यस्तै सोही ठाउँकी ६४ वर्षकी इश्वरीदेवी बिष्ट, ५० वर्षीया झिमादेवी सार्कीको अवस्था मध्यम रहेको छ । यस्तै ८ वर्षकी अस्मीता बिक, २८ वर्षकी सारदा बिक, ३० वर्षकी लक्ष्मी बिक, ४४ वर्षीय चन्द्र कठायतको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

घाइतेहरुको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ । जीप अनियन्त्रित तथा चालकले मापसे गरेको भेटिएकोसमेत प्रहरीले जनाएको छ । चालक सोही स्थानकै ४५ वर्षीय शेरबहादुर बिष्टलाई नियन्त्रणमा लिइएको छ ।
 



नयाँ