arrow

मापसे गरेर जीप चलाउँदा दुर्घटना हुँदा एकको मृत्यु, छ घाइते 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २४ बिहिबार
jeep-accident-dadeldhura-81.jpg

डडेल्धुरा । डडेलधुरामा जीप दुर्घटना भएको छ । बिहीबार दिउँसो डडेलधुरा सदरमुकामस्थित बसपार्क नजिकै जीप दुर्घटना भएको हो। सदरमुकामबाट गन्यापधुरा गइरहेको सुपप्र ०४००१ च ०१३४ नम्बरको जीप नालीमा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । गन्यापधुरा ३ गौलीगाउँका ४५ वर्षीय कृष्ण  भुलको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बीरबहादुर थापाले बताए ।

घाइतेमध्ये ६४ वर्षकी ईश्वरीदेवी बिष्टलाई थप उपचारका लागि धनगढी पठाइएको छ ।

अन्य घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । 

जीप अनियन्त्रित तथा चालकले मापसे गरेको भेटिएकोसमेत प्रहरीले जनाएको छ । चालक सोही स्थानकै ४५ वर्षीय शेरबहादुर बिष्टलाई नियन्त्रणमा लिइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ