arrow

स्कुल बसको ठक्करबाट एकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २५ शुक्रबार
accident-final.jpg

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका-९ झिझरी खोला नजिक आज बसले ठक्करबाट एक जनाको घटनास्थलमा मृत्यु भएको छ । 

कोहलपुरको चप्परगौडीस्थित ज्ञानकुञ्ज लिटिल बोर्डिङ स्कुलको बसले स्थानीय २६ वर्षीय गोविन्द ओलीलाई ठक्कर दिँदा उनको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । 

बसको ठक्करबाट उनले चराउन लगेका १३ बाख्रासमेत मरेका छन् ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ४ ख ४५७० नम्बरको बसले ओलीलाई ठक्कर दिएको प्रहरीको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ